प्रकाशित मिति : बुधबार, जेष्ठ ५, २०७८
पुष्पराज शाही सहसचिव नेपाल सरकार।


१. कि त समय मै चेक गरि कोरोना थाहा पाउने, हैन भने हल्का लक्षण हुने वितिकै लगातार तलका २ देखि ८ सम्मका विधि अनुसार अाईसोलेसनमा बसेर १४ दिन लगातार कोरनासंग लड्ने, मलाई ठिक भयो भन्दै नभनी लगातार लाग्नुपर्छ, अन्यथा फोक्सो डेमेज र निमोनिया भएपछि मात्र पत्ता हुन्छ, जुन कुनै अस्पतालमा पनि उपचार छैन।
२. विधुतिय वा घरेलु हिसावले तातोपानी तताउने भाडो किन्ने वा तयार गर्ने, दिनमा ५ पटकसम्म वाफ लिईरहने, अदुवा, वेसार, टिमुर, मेथि, पानी उमाल्ने र कागति पानि मिलाएर प्रत्येक पटक एक पटकमा आधा लिटर खान दिने, तीन तीन घण्टामा दाल भात, रोटि तरकारी वा दूध जे उपलव्ध छ खाने, मन नलागेपनि खाने कुरा खाएर नै पेल्ने।।।।जसलाई सुगर र प्रेसर छ उसले पटक पटक खाने तर थोरै थोरै खाँदै जाने।।
३. उकालि ओराली हिड्दा वा जकिङ गर्दा पसिना पछि रहने कपडा बोकिरहने पसिना शरिरमा भिज्न नदिने , प्रत्येक पटक सावुन पानीले दिनमा १०/१५ पटक हात धुने व्यवस्था गर्ने गराउने।
४. विरामि जसको जरो आउने, जिउ, टाउको दुख्ने छ। उसले ५दिनसम्म ५/५ घण्टाको दरले सिटामोल खाने ज्वरो आउँनै नदिने।।जुनदिनसम्म ज्वरो छोड्दैन सिटामोल खान नछाड्ने।
५. जसलाई ज्वरो, टाउको जीउ दुख्ने लक्षण छैन, उसले पनि लगातार ५/५ घण्टाको दरले सिटामोल ४ दिनसम्म अनिवार्य खाने गर्ने, जुनदिनसम्म जरो छोड्दैन सिटामोल खान नछाड्ने।
६. हरेक दिन विहान ७ देखि साँझ ६ वजेसम्म बिस्तारै उकालि ओरालि गर्दै वा दस १० दिनसम्म जकिङ गरि फोक्सोको अभ्यास गर्ने।।
७. अरु बेलाको ज्वरोलाई जस्तो पेल्न नखोजौ ।।। जति जरो आउन दिनुभो, त्यति निमोनिया हुने र शरिरमा अक्सिजन लेभल तल हुने जोखिम अत्यधिक हुन्छ, तसर्थ, तपाईलाई सिटामोलले ५ घण्टा मात्र काम गर्छ भने १ घण्टा अगाडि नै सिटामोल खाईहाल्ने, निरन्तर नछुटाउने, खान बिर्सेर कतै जरो आउन पनि सक्छ ! मोबाईलमा आलाराम राखेर भएपनि सिटामोल नियमित खाने, सकभर ज्वरो टाउको दुखाई नभएपनि सिटामोल खाने। ज्वरो न आउन बितिकै तपाई साधारण जीबनको महसुस गर्नुहुनेछ, खान, अभ्यास गर्न र सहजै कोरोनाको प्रभाबलाई जित्नसक्नु हुनेछ । सिटामोलको आबिस्कार ५० बर्ष पहिला भएको हो, सिटामोल खान नडराउनुहोला, यसले जरो, दुखाई कम गर्ने बाहेक तपाईलाई कुनै दुख दिने छैन ।
८. आफुलाई कमजोर नठान्ने, मर्नुछ भने सुतेर आराम गरेर सिधा सिधा मर्दिन भन्ने सोचमा रहने र मृत्यु स्विकार गर्दिन भन्ने मनोवलमा रहने।
उफ्रेर, हस्याङ फस्याङ, स्या स्या फोक्सोको अभ्यास गर्छु भनेर उच्च मनोवलमा आफुलाई राख्ने ।
चिसो चिज नखाने, डाईट खाने र फोक्सो चलायमान बनाउन वित्तीकै निमोनिया हुनै पाउदैन।।
श्रोत: -कोरोना जितेर सामान्य अबस्थामा आउँनु भएका नेपाल सरकारका सहसचिव पुष्पराज शाहीको अनुभवकाआधारमा।(८० बर्षको दमरोगी वुवा सहित आफु र अन्य ४ जना सदस्यको उपचारमा प्रयोग भएको विधि हो)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij