शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तिब्बत सरकारले दिएको १५० थान लिक्विड अक्सिजनका सिलिण्डर ल्हासाबाट तातोपानी आउँदै

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ६, २०७८



  • चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन ल्हासाबाट तातोपानीका लागि प्रस्थान भएको छ।

    ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाइएको जानकारी गराएको छ।

    तातोपानी भन्सारका अनुसार सामानको तौल ३० मेट्रिक टन रहेको छ।

    लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने महावाणिज्य दूतावासले जानकारी दिएको छ।

    तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने, ‘महावाणिज्य दूतावासले लिक्विड अक्सिजन स्थलमार्गबाट प्रस्थान भएको जानकारी दिएको छ।’

    केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेको थियो।

    अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा रहेको गौतमले जानकारी दिए।

    तातोपानी नाकामा आएपछि लिक्विड अक्सिजनलगायतका स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरिने छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिले सो सामग्री बुझ्नेछन्।

    नेपालमा निजीस्तरका उद्योगहरूले दैनिक आठ हजार सिलिन्डर बढी अक्सिजन उत्पादन गर्दै आएका छन्।

    अनुदानमा आउने लिक्विडले  कोरोना महामारीको बेला भइरहेको अक्सिजनको अभाव टार्ने विश्वास गरिएको छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij