आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीको कदममा देउवाको भित्री साथ ? कांग्रेस ओली सरकारमा सहभागी हुन सक्ने

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७, २०७८



  • काठमाडौं।  राजनीतिक खेलले अन्यथा माेड लिएन भने  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनपछि बन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउन तयार भएका छन्। तर, यसका लागि ओलीले गृहमन्त्रालय लगायत महत्वपूर्ण मन्त्रालयहरु नेपाली कांग्रेसलाई दिन तयार हुनुपर्ने शर्त राखिएको छ।

    महन्थ ठाकुरसहित सबै विपक्षी एकजुट नहुने अवस्थामा देउवा ओली नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी गराउने पक्षमा छन्।

    बालुवाटारनिकट स्रोतका अनुसार, जसपाका नेता महन्थ ठाकुर समूहलाई पनि सरकारमा सहभागी गराउँदा राष्ट्रिय सरकारको स्वरुप बन्न सक्ने भएकाले देउवा चुनावी सरकारमा सहभागी हुन तयार भएका हुन्। र, देउवालाई गृहमन्त्रीसहित ७ मन्त्रालय दिन ओली तयार छन्।

    भावी गृहमन्त्रीको नाममा समेत ओली र देउवाबीच छलफल भएको र देउवाका विश्वासपात्र मानिएका नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँड अवको गृहमन्त्री बने आश्चर्य नहुने बालुवाटार स्रोतले दावी गरेको छ।

    तर, देउवाले आजै साँझ भने ओली सरकारमा कांग्रेसलाई सहभागी गराउने छैनन्। जेठ १५ गते अनिवार्य रुपमा ल्याउनै पर्ने बजेट अध्यादेशमार्फत ल्याइसकेपछि मात्र सरकारमा सहभागी हुने दावी बालुवाटार स्रोतको छ।

    बालुवाटारको दावीलाई सभापति देउवाको हिजोको मौनताले समेत पुष्टि गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिई संविधानको धारा ७६(५) मा जाने सिफरिस राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको केही समयमै राष्टपतिबाट नयाँ सरकार गठनको आह्वान हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिक्रियाविहीन देखिएका छन्।

    ओलीले देउवालाई नेपाली कांग्रेसको आगामी महाधिवेशनमा विजयी बनाउन भूमिका खेलिदिनसक्ने त्रास रामचन्द्र पौडलसमूहलाई परेकै बेला देउवा ओली नेतृत्वको सरकारमा कांग्रेसलाई पनि सहभागी गराउन लागेको चर्चाले कांग्रेस पार्टीमा हिजोदेखि नै सनसनी मच्चिएको छ।

    पार्टीका तर्फबाट सामान्य विरोधको एउटा कर्मकाण्डी विज्ञप्ति जारी गर्न लगाएर यत्रो ठूला राजनीतिक घटनाक्रममा देउवा मौन बसेका छन्। देउवा नेपाली कांग्रेसलाई ओली सरकारमा सहभागी गराउने तयारीमा रहेकोले देउवाले ओलीको असंबैधानिक कदमको विरोध नगरेको आरोप पार्टीभित्रको अर्को खेमाले लगाउन थालेको छ।

    पार्टीभित्रको अर्को समूहले सभापति देउवालाई प्रधानमन्त्री ओलीसँग भित्री साँठगाँठ गरेको आरोपसमेत लगाउँदै आएका छन्। ओलीले देउवालाई नेपाली कांग्रेसको आगामी महाधिवेशनमा विजयी बनाउन भूमिका खेलिदिनसक्ने त्रास रामचन्द्र पौडलसमूहलाई परेकै बेला देउवा ओली नेतृत्वको सरकारमा कांग्रेसलाई पनि सहभागी गराउन लागेको चर्चाले कांग्रेस पार्टीमा हिजोदेखि नै सनसनी मच्चिएको छ।

    देउवासँग ससंकित भएका पौडल र सो समूहका नेताहरुले हिजै सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुबाट प्रतिक्रिया जनाउँदै ओलीको कदम गणतान्त्रिक संविधान असफल बनाउने षड्यन्त्र भएको भन्दै तीब्र विरोध प्रकट गरेका छन्।

    यसअघि प्रधानमन्त्री ओलीले ९ गते संसद अधिबेशन बोलाउने, १२ गते नीति तथा कार्यक्रम पेश गर्ने र १५ गते नियमितरुपमै बजेट ल्याउने तयारी गरेका थिए तर हिजो पार्टीभित्र माधव नेपाल समूहको अन्तर्घातका कारण पार्टीका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादल राष्टिय सभा सदस्य पदको निर्वाचनमा पराजित भएपछि फेरि संसदमा अंक गणितको खेल हुनेभन्दै उनले आफू अनुकूलको परिस्थिति हुँदै संसद विघटनको निर्णय लिएका हुन्।

    संविधानको धारा ७६ को ५ अनुसार, आज सरकार बन्न नसकेका ओलीकै सरकार निरन्तर हुने र त्यसले धारा ७६ को ७ बमोजिम संविधानत प्रतिनिधिसभा विघटन गर्न पाउने छ। तर, राजीनाम नदिई धारा ७६ को ५ मा जान सकिने वा नसकिन भन्ने विषय फेरि अदालतको कठघरामा पुग्ने निश्चित छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij