आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेतालाई गोली हान्ने दुईजना पक्राउ

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ८, २०७८



  • रुपन्देही– नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेसहित दुईजनामाथि गो’ली प्र’हार गरेको आरो’पमा कपिलवस्तु प्रहरीले पक्रा’उ परेका २ जनालाई सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गो’ली प्र’हार गरेको आ’रोपमा २ जनालाई पक्रा’उ गरी शुक्रबार सार्वजनिक गरेको हो । पक्रा’उ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् ।

    उनीहरुले प्रयोग गरेको लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, गो’ली र खो’का पनि बरा’मद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

    बुधबार राति कपिलवस्तु नगरपालिका– ६ स्थित थुमुवा तौलिहवा सडक खण्डमा मोटरसाइकलमा आएका ३ जनाको समूहले गो’ली प्र’हार गरेका थिए । घट’नामा संलग्न एक जना पक्रा’उ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    पक्रा’उ परेका आरो’पित यादवले व्यक्तिगत रिसिबीका कारण आफूले गो’ली प्र’हार गरेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले बताएको छ । व्यक्तिगत रिस’इवीका कारण पाण्डेयलाई गो’ली हा’नी ह’त्या गर्ने योज’ना बनाएको आरो’पितले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले घट’ना सम्ब’न्धमा थप अनुस’न्धान जारी रहेको जनाएको छ । नेता पाण्डे सडवाबाट तौलिहवातर्फ मोटरसाइकलमा आउँदै गर्दा उनीमाथी गो’ली प्रहा’र भएको थियो ।

    पेट र कम्मरमा २ वटा गो’ली ला’गेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाण्डेको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij