आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ८, २०७८



  • झापाको गौरादह नपा-४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ।

    सङ्क्रमणबाट गौरादह-४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।

    स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको शुक्रबार राति १२:४५ बजे विराटनगरस्थित कोसी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गत वैशाख २४ गतेदेखि उनी उपचारत थिए।

    यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो। वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो। विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँच जनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो।

    त्यस्तै, सन्तोषकी श्रीमतीको समेत कोसी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए।

    बिहे कार्यमा असवाधानी हुँदा ताजपुरिया जनमा सङ्क्रमण सरेको हुनसक्ने उनले बताए। योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij