आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजदूत खतिवाडाद्वारा सहयोग जुटाउन अमेरिकाका नेपाली संस्थालाई आह्वान

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १०, २०७८



  • वासिंगटनडिसी। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले कोरोना महामारीको दोस्रो वेभले नेपाललाई पारेको असरमा मुलुकलाई पुर्याउनुपर्ने सहयोगबारे अमेरिकाभरका नेपाली संघ संस्थाहरुसँग छलफल गरेका छन्।

    भर्चुअल माध्यमबाट मे २३ आइतवार साँझ भएको छलफलमा अमेरिकामा कार्यरत डेढ दर्जनभन्दा बढी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिसंग राजदूतले छलफल गरेका थिए।

    छलफल कार्यक्रममा राजदूत डा. खतिवडाले मुलुकलाई समस्या परेका बेला सबैले सहयोग गर्न आह्वान गरे। उनले अमेरिकामा रहेको नेपाली संघ संस्थाहरुले मुलुकमा फैलिएको कोभिड महामारीमा पुर्याएको सहयोगबारे धन्यवाद ब्यक्त गरेका थिए।

    कार्यक्रममा अधिकांश संघ संस्थाका प्रमुखहरुले आफूहरुले गोफण्डमार्फत सहयोग रकम संकलन गरिरहको जानकारी गराएका थिए। कतिपय संस्थाहरुले आफूहरुले नेपालका लागि प्रशस्त स्वास्थ्य सामग्रीहरु संकलन गरिसकेको र त्यसलाई नेपाल पठाउन गैरआवासीय नेपाली संघ,अमेरिकाका अध्यक्षलाई आवश्यक समन्वयका लागि आग्रह गरेका थिए।

    संघका अध्यक्ष सुनील साहले आफू सहयोगका लागि तयार भएको बताए पनि ती सामग्री नेपाल पठाउन संघले ढुवानी खर्च तिरिदिने बचन भने दिन सकेनन्। तर उनलाई अमेरिका नेपाल मेडिकल फाउण्डेसनका पूर्व अध्यक्ष सन्तोष शाह तथा बाणिज्यदूत ऋषि ढकालले ढुवानी खर्च व्यहोर्न संघ तयार छ कि भनेर पटक पटक प्रश्न सोधेका थिए।

    कार्यक्रममा राजदूत डा.खतिवडाले यदि नेपाली संघसंस्थाले चाहेका उनीहरुले संकलन गरेको रकम र त्यसको विवरण उपलब्ध गराए दूतावासको वेभसाइटमार्फत सार्वजानिक गरिदिने र त्यसमा राजदूतावासले समन्वय गर्न तयार भएको जानकारी दिएका थिए।

    एएनटीएकी अध्यक्ष अपराजिता झाले संकलित रकमको चेक सिधै दुतावासमा बुझाउन तयार भएको जानकारी दिएपछि राजदूत खतिवडाले प्रोटोकलअनुसार, दुतावासले त्यस्तो रकम व्यबस्थापन गर्न नमिल्ने तर संघसंस्थाहरुले जानकारी दिए सो विवरण दूतावासको वेभसाइटमा राखेर सार्वजानिक गरिदिनसक्ने बताएका थिए।

    कार्यक्रममा डा.सन्तोष सापकोटाले आफूहरुले उल्लेखनीयरुपमा नेपालका लागि सहयोग संकलन गरिरहेको र सो संकलित सहयोग नेपाल पठाइरहेको जानकारी गराएका थिए। त्यसैगरी ह्युष्टन टेक्सास निवासी विष्णु नेपालले साना साना धेरै नेपाली संगठनहरुलाई संकलित रकम एकैठाउमा जम्मा पारी एकमुष्ठ रकम नेपाल पठाउन सबैसँग आह्वान गरेका थिए।

    कार्यक्रममा माहाबाणिज्यदूत प्रेमराजा महत, विभिन्न संस्थाका प्रतिनिधिहरु आनन्द विष्ट, प्रभु थापा, सुनील साह, मन्जु कार्की संग्रौला, विष्णु गौतम,रबिन कार्की, एसी शेर्पा,यज्ञमान शाक्यलगायतले आआफ्नो स्तरबाट सहयोगको प्रयासबारे जानकारी दिँदै आआफ्नो धारणा राखेका थिए।

    कार्यक्रममा दूतावासका प्रतिनिधि उपसचिव होमकान्त भण्डारीले सबै संघ संस्थासंग समन्वयमा कुनै कमी नहोस् भनेर आफूहरु प्रयत्नशील भएको जानकारी गराएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij