आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतबाट आठ स्थानीय तस्कर नेपाल छिर्न खोज्दा…

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १०, २०७८



  • काठमाडौं। सशस्त्र प्रहरीले सीमा नाकाबाट नेपालतर्फ प्रवेश नदिएको भन्दै भारतीय व्यापारीहरुले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा राखिएको बोर्डर आउट पोष्ट (बीओपी)मा आक्रमण गर्दा एक जवान गम्भीर घाइते भएका छन्।

    आइतबार राती एक सशस्त्र प्रहरीको चेक पोष्टमाथि भारतीय व्यपारीहरुको समूहले आक्रमण गर्दा सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउकोमा चोट लागेको र आठ भातरीय व्यापारी घाइते पनि घाइते भएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी सीपी गौतमले जानकारी दिए। उनका अनुसार प्रदेश २ को कार्यालयबाट त्यहाँ के भएको हो भन्ने बारेमा थप जानकारी लिन विहानै टोली गएको समेत बताएका छन्।

    कोरोना संक्रमणको बेलामा भारतीय व्यापारीहरु प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको र त्यही कारण आक्रमण भएको डिआइजीको दावी छ। उनका अनुसार महोत्तरीको मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत रातिनै तोडफोड गरेका छन्।

    आइतबार राती ठूलो संख्यामा आएका भारतीय नागरिकले मटिहानीस्थित विओपी कार्यालय र ढाटमा आक्रमण गरेका थिए। प्रहरीले जवाफी कारवाही गरे पनि भारतीय व्यापारीहरुलाई भने गम्भीर चोटपटक भने लागेको छैन। भरतीय व्यापारीहरुले सो नाकाबाट नेपालमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै आएका छन्। त्यसका नेपाल तर्फका केही व्यापारीहरु पनि संलग्न रहेको सशस्त्र प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij