आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“शहीदको बलिदानलाई बिर्सन सकिँदैन”- प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ११, २०७८



  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताए।

    “हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन। विस्मृतिमा जान दिनु हुँदैन। शहीदको बलिदानलाई बिर्सन सकिँदैन। बिर्सिन मिल्दैन”, उनले भने।

    प्रधानमन्त्रीले मुलुक कोरोनाको त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने समय यस पटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्त्व, गरिमा तथा यसले ल्याएका परिवर्तनको स्मरण र सम्मान गर्नैपर्नेसमेत बताए। “त्यसैले गणतन्त्रको अर्थ र महत्त्वका सम्बन्धमा अन्तक्र्रिया र परिसंवादजस्ता कार्यक्रम बढी मात्रामा गरौँ । चर्चा-परिचर्चा गरौँ”, उनले भने।

    गणतन्त्र जन्मिँदै विशिष्ट हुने वा जन्मिँदै ‘नाति जर्नेल’ हुने र शासक हुने प्रणाली नभई कर्मबाट र जनताको विश्वासबाट स्थापित हुने प्रणाली भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

    “जन्मसिद्ध श्रेष्ठता अवैज्ञानिक कुरा हो, भ्रम हो, पाखण्ड हो। अब त्रास, भय, लोभ र अन्धविश्वासमा परेर वशिभूत पार्ने कुरा विज्ञानसम्मत र न्यायसम्मत हुँदैन। आज जन्मिएको साधारण बच्चा पनि मुलुकको सर्वोच्च स्थानमा पुग्न सक्छ, पुग्न पाउनुपर्छ”, उनले सविस्तार भने।

    गणतन्त्रमा सत्य र तथ्यका आधारमा हिँड्ने समाज आवश्यक रहेको बताउँदै उनले अहिलेको राजनीतिक परिपाटीमा अस्वस्थ प्रतिस्पर्धा रहेकोसमेत बताए। प्रधानमन्त्रीले भने, “अरूको चरित्र हत्या गरेर आफू अगाडि बढ्ने प्रवृत्ति देखिएको छ। यो असत्यको मार्ग हो र अलोकतान्त्रिक हो।”

    गणतन्त्रबिनाको लोकतन्त्र पूर्ण लोकतन्त्र हुन नसक्ने बताउँदै उनले कसैप्रति जन्मजात घोषणाका आधारमा नतमस्तक हुने परिपाटी लोकतन्त्र नहुनेसमेत बताए। अहिले जनता पीडामा छन् र जनताको पीडालाई सरकारले बोध गरेको बताउँदै उनले यो गणतन्त्र दिवसमा उल्लासमय कार्यक्रम नगरिए पनि राष्ट्रियता झल्काएर, राष्ट्रिय गान गाएर र विद्युतीय माध्यमहरूबाट बढी मात्रामा छलफल र अन्तक्र्रिया चलाएर मनाउनुपर्ने उल्लेख गरे।

    प्रधानमन्त्री ओलीले भने, “यो दिवसको महत्वलाई युवा पुस्ता र बालबालिकासम्म पुग्ने गरी मनाउनुपर्छ। यसलाई आत्मसात् गर्ने गरी बुझाउनुपर्छ। एउटा वर्ग हिजोको अवस्था हेरेर भ्रम फैलाउन खोज्दै छ। अर्को वर्ग हिजोको सुखसुविधा सम्झेर मुख मिठ्याउँदै छ। एउटा वर्ग त्यसप्रति बेखबर हो कि भन्ने जस्तो देखिन्छ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij