प्रकाशित मिति : मङ्लबार, जेष्ठ ११, २०७८
सागर ओली,दाङ। संसारभरि कोरोनाले आम सर्बसाधारणलाई देखि महलमा बस्नेहरुलाई समेत अकल्पनीय दु:ख दिएर बाँच्न नै गार्हो अबस्थामा पुगेको छ, त्यस्तो संबेदनसिल अबस्थामा राज्य चलाउनेहरुलाई कुर्सीको लडाइँ लड्ने फुर्सद बाहेक अरु कामगर्ने फुर्सद छैन।
दैनिकी सयौंको संख्यामा देश भरी मान्छेहरुले ज्यान गुमाईरहेका छन्।
यस्तो संकटग्रस्त अबस्थामा संबेदनसिल हुँदै तुल्सीपुर क्षेत्रका युवाहरूले विभिन्न ब्यक्तित्वहरुसंग आर्थिक संकलन गर्दै बिपन्न बर्गको घर घरमा पुग्दै राहत बाँडनु भएको छ।

।
तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष अरुण लहरैको नेतृत्वमा यस्तो काम गरिएको हो।
यस्तो एकातिर भोक र अर्को तिर रोगको लडाईमा कसैको जिवन भन्दा अमुल्य यो दुनियाँमा अरु केहि छैन ।
त्यसैले कोभिड -१९ का कारण दैनिक गुजारा गर्न गार्हो भईरहेका दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्गहरुका लागि शुरूवात गरिएको यो अभियानमा जेठ ७ गते तुल्सीपुर उपमहानगरपालिका ७ गणेशपुरमा विपन्न परिवार र तुलसीपुरमा एक बिद्यार्थीलाई सहयोग भएको छ।
तुलसीपुर ७ मा रहेको एकपरिवारको आर्थिक स्थिति निकै कम्जोर भएको र हालसालै कोरोनाका कारण परिवार कै एक सदस्यको निधन भएको थियो।
यो कठिन परिस्थितिमा यो समुहको सानो सहयोग स्वरुप दाल, चामल, नुन तेल लगायतका सामाग्री प्रदान गरेको कुरा यस अभियानका संयोजक अरूण लहरे जानकारी दिनु भएको छ।

त्यसैगरि सल्यान स्थायी ठेगाना भई हाल राप्ति ववई क्याम्पस तुलसीपुरमा कक्षा १२ मा अध्यनरत युवा एक विध्यार्थीलाई अति आवश्यक सामाग्रीहरु दाल, चामल, नुन, तेल लगायतका सामग्री बितरण गरिएको संयोजक लहरेले जानकारी दिनुभएको छ।
अभियानको दोस्रो दिन तुलसीपुर ५ को एक परिवार तथा तुलसीपुर ८ का दुई परिवारलाई रू ९४२० को अति आवश्यक सामाग्रीहरु वितरन गरियो ।
त्यसपछि जेठ ९ गते तुलसीपुर ७ को दुई परिवार तथा तुलसीपुर ८ अस्वारका एक परिवारलाई रू ७२०० को राहत प्रदान गरिएको थियो ।
जेठ १० गते नेवि संघ दाङले संचालन गरेको अभियान अन्तर्गत तुलसीपुर ६ का दश परिवारहरुमा अति आवश्यक सामाग्रीहरु चामल, दाल, नुन तेलका साथै आटा वितरन गरेको र आज पनि तुल्सीपुर उपमहानगरपालिका १मा पनि ५ बिपन्न परिवारलाई राहत बितरण गरिएको लहरेले बताउँनु भएको छ ।

यो अभियान चलाउने समुहलाई नेपाली काङ्ग्रेस दाङका नेता एबं पुर्ब पार्टी सभापति गेहेन्द्र गिरिले र ने. वि. संघ दाङका अध्यक्ष राजकुमार डागीले विशेष धन्यवाद दिनुभएको छ, साथै दाङ जिल्ला भर सहयोग चाहिने तथा सहयोग लिन चाहने व्यक्तिले संयोजक अरूण लहरेलाई संपर्क गर्न आग्रह गर्नुभएको छ। मोवाइल नं ९८५७८२३९२४ मा सम्पर्क गर्न सक्नु हुने छ, राहत लिने व्यक्तिहरूलाई सहयोग लिन अफ्ठेरो नहोस् भन्ने मनसायले परिचय नखुलाई सहयोग गरिने कुरा पनि संयोजक अरूण लहरेले प्रष्ट पार्नु भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij