आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

किन अनुहार देखाउन चाहन्नन् इरफानकी श्रीमती ? बुर्का वा हातले सधैं छोपेको देखिन्छिन्

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १२, २०७८



  • भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर इरफान पठान आफ्नी श्रीमती सफा बेगको एउटा तस्बिरका कारण चर्चामा छन् । इरफानका छोरा इमरानको इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरिएको छ जसमा इरफान श्रीमती सफा र छोरासँग देखिएका छन् ।

    फोटोमा सफाको अनुहार ब्लर गरिएको छ । सफाको ब्लर फोटोमा प्रयोगकर्ताले इरफानमाथि निशाना साँधेका छन् । इरफानले यसको जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘मेरी श्रीमतीले आफ्नो इच्छाले आफ्नो अनुहार ब्लर गरेकी छिन् र साँच्ची, म उनको मालिक होइन, साथी हुँ ।’

    इरफान पठान सोसल मिडियामा सफा बेगको अत्यधिक फोटो सेयर गर्छन् । यद्यपि, धेरैजसो फोटोमा सफा बुर्कामा हुन्छिन् । यदि बुर्कामा छैनन् भने उनको अनुहार हातले ढाकिएको हुन्छ । उनको तस्बिर हेर्दा यस्तो लाग्छ कि सफा आफ्नो अनुहार देखाउन चाहन्नन् । यद्यपि, यो उनको नीजि निर्णय पनि हुनसक्छ ।

    थुप्रै फोटो यस्ता पनि छन् जसमा सफाले मास्क लगाएको देख्न सकिन्छ, उनीसँगै भएका इरफान भने मास्क बिना देखिन्छन् । स्मरण रहोस्, इरफान र सफा सन् २०१६ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । इरफान र सफाको विवाह मक्कामा भएको थियो ।

    सफाका पिता मिर्जा फारुख बेग साउदी अरबका व्यापारी हुन् । सफा र इरफानको पहिलो भेट दुबईमा भएको बताइन्छ । सफाको जन्म २८ फेब्रुअरी, सन् १९९४ मा भएको हो ।

    सफा बेग साउदी अबरको जेद्दामा नै हुर्किइन् र इन्टरनेशनल इन्डियन स्कूलमा  उनी पढिन् । २७ वर्षकी सफा निकै सुन्दर छिन् । उनी मिडिल इस्ट एशियाकी चर्चित मोडल हुन् र थुप्रै चर्चित म्यागजिनमा उनका थुप्रै तस्बिर छापिइसकेको छ । विवाहपछि सफाले आफ्नो जीवन नीजि राख्ने निर्णय गरिन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij