प्रकाशित मिति : बिहिबार, जेष्ठ १३, २०७८
पाँचथर। कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ।
दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे। शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए। “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भने, “झापामै शव व्यवस्थापन हुन्छ।”
कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उनलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij