आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध, ठाउँ–ठाउँमा पहिराे

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १५, २०७८



  • म्याग्दी । तीन दिनदेखिको वर्षाले उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ ।

    लगातारको वर्षासँगै करिब आधादर्जन स्थानमा पहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

    सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर सहित सुकेबगरमा पहिरो खसेको दाना प्रहरी चौकीका इन्चार्ज असई दीपकबहादुर क्षत्रीले बताउनुभयो । अवरुद्ध सडक सञ्चालनका लागि अवरोध पन्छाउने कार्य भइरहेको छ ।

    बिहिबारदेखि भएको वर्षाले कालिगण्डकीको सतह बढेसँगै भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण समेत बगाएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला स्तरोन्नति भइरहेको ७६ किलोमिटरको काममा पनि वर्षाले अवरोध पुर्याएको छ ।

    पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव ‘यास’ चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म बाढी, पहिरो र उच्च वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन अपिल समेत गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij