आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मिस इन्डिया हुन् परेश रावलकी श्रीमती, १२ वर्ष लिभइनमा बसेपछि गरेका थिए विवाह

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८



  • बलिउड अभिनेता परेश रावलले आफ्नो अभिनयले धेरैको मन जित्न सफल भएका छन् । आफ्नो बहुप्रतिभाशाली अभिनय क्षमता, ठट्यौली पारा र भिन्न पर्सनालिटीका कारण परेश रावल मानिसहरुको मन मुटुमा बस्न सफल भएका छन् । कुनै फिल्ममा परेश रावल छन्, चाहे त्यो फिल्म चलोस् नचलोस्, उनले मनोरञ्जन भने दिने गर्छन् । साढे २ दशकदेखि परेश रावल अभिनयको दुनियाँमा सक्रिय छन् । अभिनेताको जन्मदिनमा उनको नीजि र व्यावसायिक जीवनसँग सम्बन्धित रोचक जानकारी साझा गरौं ।

    परेश रावलको जन्म ३० मे, सन् १९५५ मा मुम्बईमा भएको थियो । अभिनेताले मुम्बईबाट नै कमर्समा ग्रेजुएशन गरे र थिएटरसँग जोडिए । उनले सन् १९७९ की मिस इन्डिया स्वरुप सम्पतसँग विवाह गरे । परेश रावलको स्वरुपसँग पहिलो भेट सन् १९७५ मा एक कार्यक्रमका बेला भएको थियो । स्वरुपलाई देख्ने बित्तिकै परेश रावल उनीप्रति आकर्षित भए । उनले त्यति नै बेला उनीसँग विवाह गर्ने निश्चय गरिसकेका थिए । तर यो त्यति सहज थिएन । यसका लागि परेशले निकै मिहिनेत गर्नुपर्यो । त्यसपछि सन् १९८७ मा १२ वर्ष सँगै बसेपछि परेशले स्वरुपसँग विवाह गरे । यी दुईका दुई सन्तान छन् ।

    अभिनय अघि बैंकको जागिरः

    निकै कमलाई थाहा होला कि परेश रावलले आफ्नो फिल्मी करियर सुरु गर्नुअघि जागिर पनि खाएका थिए । उनले बैंक अफ बरोडामा केही समय काम गरेका थिए । तर जब उनलाई आफू अभिनयका लागि बनेको हो भन्ने थाहा भयो तब उनले बैंकमा धेरैसम्म जागिर खान सकेनन् । उनले सन् १९९५ मा अर्जुन फिल्मबाट आफ्नो करियरको सुरुवात गरे । सुरुमा उनले नकारात्मक भूमिका मात्रै निर्वाह गरे । तर उनी बिस्तारै कमेडीतिर ढल्किए । उनले जतिपनि भूमिका निभाए ती सबै शानदार रहे ।

    थुप्रै सुपरहिट फिल्ममार्फत् जिते प्रशंसकको मनः

    परेशले आफ्नो करियरमा करिब २७० वटा फिल्ममा काम गरिसकेका छन् । यसमा लोरी, भगवान दादा, खतरों के खिलाडी, राम लखन, स्वगै, किंग अंकल, सरदार, दिलवाले, अंदाज अपना अपना, क्रान्तिवीर, हिरो नम्बर वान, गुप्त, चाची ४२०, चाइना गेट, हेरा फेरी, चोर मचाए शोर, हंगामा, हलचल, चुप चुप के, मालामाल विकली, वेलकम, मेरे बाप पहले आप, पा, फिराक, आक्रोश, ओएमजी, धर्म संकट मे, संजू, मेड इन चाइना र कुली नम्बर वन जस्ता फिल्म छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij