आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधानविद पनि राजा ज्ञानेन्द्रको पक्षमा।।देशलाई संघियता अभिसाप भएको दाबी।।

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८



  • काठमाडौ,
    संविधानविद् डा. भीमार्जुन आचार्यले अहिलेका नेताहरुभन्दा लोकतान्त्रिक संस्कारको हिसाबले तत्कालिन राजा ज्ञानेन्द्र शाह धेरै लोकतान्त्रिक रहेको बताएका छन ।
    आचार्यले तुलनात्मक रुपमा अहिलेका नेताहरु भन्दा पहिलेका राजाहरु धेरै ठिक भएको टिप्पणी गरे ।

    उनले ज्ञानेन्द्र राजा हालका नेता भन्दा सयौं गुणा लोकतान्त्रिक र जनताको हित चाहने खालको रहेको बताए। संस्कारको हिसाबले हिजोका राजाहरु यी नेताहरु भन्दा धेरै गुना माथि रहेछन्। राष्ट्रको हित र राष्ट्रलाई माया गर्ने हिसाबले धेरै राम्रा रहेछन्। त्यो कुरा म बिना कुनै संकोच भन्छु,’ उनले भने ।

    आचार्यले गणतन्त्रको खोल ओढेर जनताको टाउकोमा टेक्दै कुर्सीको लागि लड्ने भुरे-टाकुरे राजा(नेताहरु) भन्दा एउटा राजा हालको आवश्यक रहेको निष्कर्षमा आफु पुगेको जनाए ।
    अहिलेका नेताहरु राष्ट्र माथि पनि बेइमानी गर्ने, संविधान र कानुन पनि मान्नु नपर्ने, फेरी तिनै गरिब जनताबाट उठाएको पैसामा चाहिँ मोज गर्नु पर्ने, यस्तो शासन व्यवस्था जनताले नचाहेको र संविधानले यस्तो परिकल्पना पनि जिकिर गरे ।

    ठूला सपनाहरु देखाएर ल्याइएको व्यवस्थामा जनताले थोरै पनि राहत महसुस गर्न नपाएकोमा सबै राजनितिक दलको मुख्य भुमिका रहेको बताए ।
    उनले संविधानमा समाजवाद लेखिए पनि देशमा कम्न्युष्टवाद हावी भएको आरोप लगाए ।
    प्रसङ्गमा चल्दै आचार्यले नेपाल जस्तो देशका लागि संघियता वरदान नभई अभिसाप भएको दाबी समेत गरेका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij