आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४८ किलोको माछा ७२ लाख रुपैयाँमा बिक्री !

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७८



  • काठमाडौं। ४८ किलोको एउटा माछा ७२ लाख रुपैयाँमा बिक्री भएको छ । पाकिस्तानको ग्वादरका एक माझीले जेवानीको समुद्र किनारमा समातेको त्यो दुर्लभ माछा यति महंगो मूल्यमा बिक्री भएको हो । माछा समात्ने डुंगाका मालिक साजिद हाजी अबाबाकरका अनुसार माछा समाउने समयमा उनको डुंगा पिस्कानको वहिद बलोचमा थियो । ग्वादरको फिसरीका डेप्युटी डाइरेक्टर अहमद नदीमले आफूले अहिलेसम्म यति महंगोमा माछा बिक्री भएको नदेखेको बताएका छन् ।

    पाकिस्तानी अखबार डनसँग कुरा गर्दै अबाबाकरले लिलामीका क्रममा एक पटक माछाको मूल्य ८४ लाख रुपैयाँसम्म पुगेको बताए । तर, उनीहरुको छुट दिने परम्परा रहेकोले छुट दिँदा त्यसको मूल्य ७२ लाख निर्धारण भएको उनले बताए । ग्वादर विकास पधिकरणमा वातावरणीय निर्देशक रहेका जीवविज्ञानी अब्दुल रहिम बलोचका अनुसार लार्ज क्रोकर माछाको माग युरोप र चीनमा उच्च छ ।

    ‘केही माछाहरु तिनीहरुको मासुका कारण महंगो हुन्छन् तर यो प्रजाति (लार्ज क्रोकर) को माग उच्च हुनुको कारण यिनीहरुको शरीरको भाग औषधि र शल्यचिकित्सामा प्रयोग हुने भएकोले हो’ उनले भने । स्रोतका अनुसार केही समय अघिमात्र एक माझी अब्दुल हकले पनि क्रोकर माछा समातेका थिए जुन ७ लाख ८० हजारमा बिक्री भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij