आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सशस्त्र प्रहरीमा चार हजार दरबन्दी थपिने, ९ हजार प्रस्ताव थियो

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७८



  • काठमाडौं । बजेटमा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने कार्यक्रम आएसँगै सशस्त्र प्रहरीमा चार हजार दरबन्दी थप्ने प्रक्रिया अगाडि बढाइएको छ।

    सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमार्फत ९ हजार जनशक्ति थपका लागि प्रस्ताव गरे पनि पहिलो चरणमा चार हजार थप्ने प्रक्रिया अगाडि बढाइएको छ।

    चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम बजेट वक्तव्यमा आएसँगै जनशक्ति पनि थप्न लागिएको हो। भारत र चीनसँगका सीमा सुरक्षामा सशस्त्र प्रहरी खटाइँदै आएको छ।

    ओएन्डएम (व्यवस्थापन तथा संगठन) सर्वेक्षण गरेर दरबन्दी थपको प्रक्रिया गृह मन्त्रालयले अगाडि बढाउने भएको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बीओपी थपिएपछि दरबन्दी पनि थप हुनेछ।

    जनशक्ति कम भएका कारण नौ हजार थप गरी सीमा र जोखिम व्यवस्थापनमा पनि खटाउने तयारीअनुसार गृह मन्त्रालयमा मुख्यालयका तर्फबाट सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) शैलेन्द्र खनालले प्रस्ताव गरेका थिए। तर कोभिड संक्रमणको जोखिमका कारण उक्त निर्णय हुन सकेको थिएन। अब भने प्रक्रिया नै अगाडि बढाइएको छ।

    इन्स्पेक्टरको कमान्डमा हुने एउटा बिओपीमा ३५ जनाको दरबन्दी हुन्छ । धेरैजसो बिओपीमा ३० भन्दा थोरै प्रहरी कार्यरत छन् । पर्याप्त जनशक्ति नहुँदा अहिले नै बिओपीमा समस्या छ। एक सय २० बिओपीका लागि चार हजार दुई सय दरबन्दी आवश्यक हुन्छ।

    सशस्त्र प्रहरीको दरबन्दी ३७ हजार एक सय ३७ छ। अब सशस्त्र प्रहरीको बीओपी दुई सय २४ वटा पुगेको छ। डेढ वर्षअघि बिओपीको संख्या ८७ थियो।

    कालापानी क्षेत्रको सीमा विवादपछि बिओपी थप्न थालिएको हो। सरकारले अबको दुई वर्षभित्र सीमामा पाँच सय बीओपी राख्ने तयारी पनि गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij