आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीनले दिएको १५ सय अक्सिजन सिलिन्डर रसुवागढीबाट भित्रियो

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७८



  • रसुवा । चीन सरकारले नेपाललाई सहयोग स्वरूप अनुदानमा दिएको स्वास्थ्य सामाग्रीमध्ये १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाका हुँदै नेपाल भित्रिएको छ ।

    मंगलबार बिहान चीनले अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क रसुवागढी नाका हँुदै नेपाल भित्रिएको हो ।

    ३ वटा गाडिमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा गाडिमा ५ लाख २७ हजार ५ सय थान मास्क गरी ४ वटा चिनियाँ गाडीमा सामाग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    स्वास्थ्य सामाग्री मंगलबार नै स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखामा पठाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बताउनुभयो । चीनले नेपाललाई अनुदानमा दिने भनिएको २० हजार थान अक्सिजन सिलिन्डरमध्ये नेपाल बायु सेवा निगमको जहाजले करिब २ हजार सिलिन्डर बेजिङबाट काठमाण्डौ ल्याइसकेको छ ।

    पछिल्लो समय रसुवागढी नाकाबाट व्यवसायीले मगाएका स्वास्थ्य सामाग्री र चिनियाँ सहयोगका सामाग्री नेपाल भित्रिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij