आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १९, २०७८



  • काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षको पत्र खारेज गरेको छ ।

    मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोग बैठकले दुुवै पत्र खारेज गर्ने निर्णय गरेको हो ।

    पत्रमा दलहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुसार प्रकृया नपुर्‍याएको भन्दै निवेदन खारेज गरिएको हो ।

    प्रवक्ता श्रेष्ठका अनुसार उपेन्द्र यादव समूहलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिम निवेदन लिएर आउन भनिएको छ ।

    यस्तै महन्थ ठाकुर समूहलाई केन्द्रीय सदस्यहरुको पनि हस्ताक्षर ल्याउन भनिएको छ ।

    यादवले आयोगमा केन्द्रीय कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षर पनि बुझाएका थिए भने ठाकुरले कारबाही गरिएको मात्र जानकारी दिएका थिए ।

    यादव पक्षले ठाकुर सहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्र शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो भने ठाकुर समूहले पनि यादवलाई पार्टीबाट निष्काशन गरेका थियो ।

    दुवै समूहले मंगलबार आयोगमा कारवाहीको ब्यहोरा जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij