प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७८
काठमाडौं, जेठ २० । नेपाली शान्ति सैनिकहरुले पुर्याएको योगदानलाई संयुक्त राष्ट्र संघबाट उच्च प्रशंसा गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाको दक्षिण सुडानमा तैनाथ कालीध्वज गण, शान्ति सेना, दशौं डफ्फालाई उच्च प्रशंसा पत्र दिएको सेनाले जनाएको छ ।
महासचिवले सह सेनानी विज्ञान विष्टलाई कदर स्वरुप उच्च प्रशंसा पत्र दिएको हो ।
सो डफ्फाले २०७७र०८र१० गते दक्षिण सुडानको क्वाईवेट नजिक दुई जातिका हतियारधारी समुहहरुबीच उत्पन्न जातिय हिंसात्मक झडपमा तत्काल तनाबग्रस्त ईलाकामा परिचालन भई बफर जोनको रुपमा कार्य गरी ठुलो जनधनको क्षति हुनबाट जोगिएको थियो ।
जातिय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण संभावित ठुलो जातिय हिंसालाई रोक्न सफल भएकोमा उक्त कार्यको कदर स्वरुप सो उच्च प्रशंसा पत्र पाएको सेनाले जनाएको छ ।
जातिय द्वन्दका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सेनाले महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij