प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७८
काठमाडौं । दोस्रोपटक संसद विघटन भई मुलुकको राजनीतिक कार्यदिशा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानमन्त्री केपी शर्मा ओली अदालतबाट संसद विघटन सदर गराएर मुलुकलाई चुनावमा कसिएका छन् । विपक्षी गठबन्धन संसद पुनस्र्थापना गराई नयाँ सरकार बनाउने व्यग्र प्रतिक्षामा छ ।
सरकार बनाउन तम्सिएको काँग्रेसलाई भदौ तेस्रो साताभित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यता छ । यिनै विषयमा नेपाली हामीले काँग्रेसका उपसभापति विमलेन्द्र निधिसँग कुराकानी गरेका छौं ।
यो एकदम खतरनाक र घातक नीति हो । यो मधेसका लागि सबैभन्दा घातक हो । मधेसका लागि घातक त छँदैछ, प्रकारान्तरले चुरेभन्दा माथि उत्तरतिर पहाड र हिमालसम्म यसको असर पर्छ । चुरेको संरक्षण गर्नु नेपालकै भूगोलका लागि जरुरी छ । धेरै पहिलेदेखि भूगर्वविद् र वन विशेषज्ञ सबैले चुरेको संरक्षणको आवश्यकता औल्याउँदै आउनुभएको छ ।
जसको पालामा चुरेको दोहन भयो, उसैले यतिबेला विरोध गरिरहेको सरकारी पक्षको तर्क छ नि ? तपाईँहरुका पालामा के काम गर्नु भएको थियो ?
यसमा म विस्तृत बताउँछु, सुन्नु होला । हामी जेलमा हुँदा जर्मन रिसर्च स्कलरसिपको फरेस्टसम्बन्धी रिसर्च गर्ने किताब थियो । वन र भूगोलबारे रिसर्च गरेर निष्कर्ष निकालिएको थियो कि मधेस र पहाडका बीचमा पूर्वदेखि पश्चिमसम्म जोडिएको चुरे क्षेत्रको संरक्षण गरिएन भने मधेसको पुरै भूभागलाई मरुभूमि बनाउँछ ।
नेपालभित्रको मधेसको भूभाग मात्र होइन, नेपालको मधेससँग जोडिएको भारतको भूभाग पनि मरुभूमिमा परिणत हुन्छ । किनभने बाढीद्वारा बालुवा थुप्रिँदै जान्छ । बेलैमा यसको संरक्षण गरिएन भने नेपालका लागि धेरै क्षति हुन्छ । भूस्खलनले गर्दा चुरेभन्दा माथिको मध्य पहाड हुँदै हिमाली क्षेत्रमा पनि यसको कुनै न कुनै वातावरणीय असर पर्छ भनिएको छ ।
यस्तै कृषि विकास बैंकको जनकपुर अञ्चल शाखाका प्रमुख एकजना कुवँरजी हुनुहुन्थ्यो । उहाँलाई चुरे क्षेत्रका संरक्षणको विषयमा रुची थियो । उहाँसँग मेरो धेरै छलफल हुन्थ्यो । उहाँले मलाई चुरेलाई संरक्षण गरी मधेसको भू–भागलाई जोगाउन अत्यन्त जरुरी छ भन्नुभएको थियो । कृषिबारे जानकार भएकाले उहाँले खेतीयोग्य जमिन र सिंचाइका लागि चुरेको संरक्षण अत्यन्त जरुरीबारे सबै कुरा भन्नु भएको थियो । यतिसम्मकी नेपालको भूभाग मात्र होइन, चुरेको विनाशले नेपालको दक्षिण सीमावर्ती भारतको डेढ–दुई सय किलोमिटर भूभागलाई पनि असर गर्छ भन्नुभएको थियो । उहाँले सबै तथ्यांक ल्याए दिनुभएको थियो ।
चुरे संरक्षणका लागि अभियान चलाउनुपर्छ भन्ने कुरा उहाँले मलाई भनिरहनुहुन्थ्यो । राजनीति पनि गर्दै गर्नुहोस्, पार्टीका नेता कार्यकर्ताले वातावरणीय संरक्षणको कामलाई पनि महत्व दिनुपर्छ । एजेण्डा बनाउनुपर्छ । नेपालले एक्लैले यसको संरक्षण गर्न चाहेर पनि स्रोत जुटाउन सक्दैन ।
चुरे विनाश हुँदा भारतलाई पनि क्षति हुने हुँदा भारत सरकारसँग पनि कुरा गर्नुपर्छ । भारत र नेपालको स्रोत साधन परिचालन गरेर यसको दीर्घकालीन योजना बनाएर संरक्षण गर्नुपर्छ । योसँगै अन्तराष्ट्रिय विषय पनि हुन जान्छ । अन्तराष्ट्रिय वातावरणविदको पनि यसमा ध्यान केन्द्रित हुन्छ । यसमा सबैले रुची दिन्छन् भन्नुभएको थियो । तर, मान्छेले दाउराका लागि रुख काटेको काट्यै छन् । मधेसका मान्छे नेपाल र भारतमा काठको व्यापार गर्न जंगललाई नास गरेर चुरेलाई नांगो बनाउँदैछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij