आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निषेधाज्ञामा पनि किन बढिरहेको छ संक्रमितको संख्या ?

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७८



  • काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गराउन सरकारले निषेधाज्ञा गरेको एक महिना भईसकेको छ ।

    निषेधाज्ञापछि पनि संक्रमितको संख्या उल्लेख रुपमा घट्न सकिरहेको छैन । अहिले पनि दैनिक परीक्षणको तुलनामा ३० प्रतिशत व्यक्ति संक्रमित हुने गरेका छन् । निषेधाज्ञापछि पनि किन बढिरहेको छ त संक्रमितको संख्या ?

    गत चैत्रको दोस्रो सातादेखि विस्तारै उकालो लागिरहेको संक्रमितको संख्या नियन्त्रण गराउन सरकारले वैसाख १६ गते देखि निषेधाज्ञा लागु गराईरहेको छ ।

    पटक-पटक गरी थपिएको निषेधाज्ञाको अवधि जेठ अन्तिमसम्म पुगिसकेको छ ।

    एक महिना भन्दा लामो समयको निषेधाज्ञाको विचमा पनि नेपालमा संक्रमितको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन् ।

    हाल दिनहु परीक्षण गरिएका मध्ये ३० प्रतिशत व्यक्ति संक्रमित हुने गरेका छन् ।

    यद्यपी जेठ महिना लागे यता संक्रमितको संख्यामा केही कमी आएको भने देखिएको छ ।

    तर परीक्षणको तुलनामा १० प्रतिशत भन्दा बढी संक्रमित भेटिए भने जोखिम कायम नै रहेको बुझिन्छ ।

    निषेधाज्ञाको विचमा पनि किन बढिरहेको छ त संक्रमितको संख्या भनेर हामीले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. शेरवहादुर पुनलाई सोधेका थियौं ।

    शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या कम भएको जस्तो देखिए पनि गाउँतिर सोचेको जति कम हुन सकेको छैन् । संक्रमितले परिवारमा कति र कसरी संक्रमण सार्‍यो भन्नेमा पनि र्भर पने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. शेरवहादुर पुन बताउनुहुन्छ ।

    निषेधाज्ञा लागु भए यता बैसाख १६ देखि जेठ २१ गतेसम्म २ लाख ६५ हजार भन्दा बढी व्यक्तिमा जनामा संक्रमण देखिएको छ ।

    सो अवधिमा ४ हजार ३ सय ८४ जना व्यक्तिको मृत्यु भयो । हाल ४७ जिल्लामा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् भने १३ जिल्लामा २ सय भन्दा बढी संक्रिय संक्रमित छन् ।

    सामान्यतः कोरोना संक्रमण दुई सातामा ठिक हुन्छ । निषेधाज्ञाका कारण धेरै व्यक्ति घर भित्र नै छन् । तर पनि १ महिनासम्म संक्रमित र मृत्यु हुनेको संख्या खासै कमी नआउनुको कारण के हो त ?
    गाउँमा परिक्षणको दायरा कम भएकाले कोरोनाको संक्रमण धेरै भएको हुनसक्ने डा. पुन बताउनुहुन्छ ।

    अस्पतालहरुमा संक्रमितको चाप केही मत्थर त भएको छ ।

    तर दिनहु भेटिएका संक्रमितको संख्या शहरी क्षेत्रका भन्दा ग्रामिण क्षेत्रका बढी छन् । जसका कारण संक्रमित प्रतिशतमा खाशै गिरावट आउन सकेको छैन । उच्च प्रतिशतको संक्रमण दरले अहिले पनि जोखिम उतिकै रहेको देखाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij