आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवा भेट्न दाहाल बुढानिलकण्ठमा

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २४, २०७८



  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षलाई एकताका लागि आव्हान गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरूसँग भेटवार्तामा जुट्नु भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अध्यक्ष दाहाल बुढानिलकण्ठ पुग्नुभएको हो । उहाँहरूबीच अहिले भेटवार्ता भइरहेको छ । यसअघि दाहालले एमालेबाट निष्कासित नेता माधवकुमार नेपाललाई उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो ।

    एमालेबाट निष्काशित नेपाल–खनाल पक्षसहित विपक्षी पाँच दलको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । ओलीले नेपाल पक्षलाई देउवालाई समर्थन गरेको हस्ताक्षर फिर्ता लिएर एकताका लागि आउन आव्हान गरेपछि नेताहरूको दौडधुप बाक्लिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij