आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महाधिवेशन भदौमै हुन्छ: देउवा

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २६, २०७८



  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन्।

    कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो। तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन।

    अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य पुगेका छन्। कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेको छ तर सिन्धुपाल्चोकलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण नै भएको छैन।

    यस्तो अवस्थामा पूर्वनिर्धारित समयमा महाधिवेशन हुन गाह्रो भएकोले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवालाई महामारीकै बीचमा पनि महाधिवेशन गर्न ध्यानाकर्षण गराइरहेका छन्।

    सभापति देउवाले आज प्रेस विज्ञप्ति निकालेर भदौमै महाधिवेशन हुने प्रष्टाएका छन्।

    ‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- भदौमा महाधिवेशन हुन्छ,’ देउवाले भनेका छन्।

    हेर्नुस् विज्ञप्ति:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij