आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैतडीकाे बस्तीमा बाढी पस्यो, एक दर्जन घरमा क्षति

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २७, २०७८



  • बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले एक दर्जन घरमा क्षति पुगेको छ ।

    बुधबार साँझदेखि परेको अविरल वर्षापछि बिहान आएको बाढीले स्थानीयहरूका घरमा क्षति पुर्याएको अड्तोला र बैता गाउँमा रहेका १ दर्जन बढी घरमा क्षति पुर्याएको स्थानीय भोजराज भट्टले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘खोलाको बाढीले यहाँका १ दर्जन बढी घरमा क्षति पुगेको छ, माथि डोजरले खनेको सडकको माटो बगेर सबै बस्ती पसेको हो ,अहिले पनि बस्ती जोखिममा रहेको छ ।’

    बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै, हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ ।

    वर्षाका कारण सडकको माटो सहितको बाढी गाउँमा पस्दा स्थानीय गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी, रमेश लुहार, शिवराम लुहार लगायतका १० जना भन्दा बढी घरहरु उच्च जोखिममा परेका छन् ।

    यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक, नारायणप्रसाद अधिकारीले भने प्रहरी टोली घटनास्थलतर्फ गएको र मानविय क्षति नभएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij