आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वासको मत नपाएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २७, २०७८



  • काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदमुक्त हुनुभएको छ ।

    बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त हुनुभएको हो ।

    ५८ सांसद् उपस्थित रहेको प्रदेशसभामा २७ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए भने ३० जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापाले मतदान गर्नुभएन ।

    गुरुङको पक्षमा नेकपा एमालेका सांसद्ले मतदान गरेका थिए भने विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले मतदान गरेका थिए ।

    गत वैशाख २७ गते गण्डकी प्रदेश प्रमुख सीतादेवी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङ ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्थ्यो ।

    मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारका लागि ढोका खुलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij