आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इलाममा अलैंचीको मूल्य निरन्तर उकालो, प्रतिमन ३२ हजार रुपैयाँ

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८



  • इलाम । इलाममा अलैंचीको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायीहरुको भनाइ छ ।

    कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर, यस वर्ष त्यो अवस्था नभएको इलामका अलैची ब्यबसायी कृष्ण पौडेलको भनाई छ ।

    पौडेलका अनुसार अलैंची चलनचल्तीको प्रतिमन ३२ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत बर्ष अलैंचीको खपत हुने देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो ।

    अलैचीको मुल्य राम्रो पाएपछि किसान समेत खुसी भएका छन् । तर यस बर्ष पनि गत साल जस्तै मुल्य नपाइने डरले प्राय धेरै किसानले यस अघि नै भएको अलैची बिक्रि गरिसकेका छन् ।

    जिल्लामा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैची उत्पादन भएको सरकारी तथ्याङ्क छ । इलाम जिल्लामा अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची खेती हुदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij