आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल विजयी

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८



  • काठमाडौं । नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल विजयी भएका छन् । आइतबार(१३ जुन)मा भएको पाँचौं अधिवेशनबाट अध्यक्षमा अर्याल विजयी भएका हुन् । उनले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए ।

    अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन् ।

    वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भए । उनका प्रतिस्पर्धी सञ्जयभक्त कँडेलले १० मत पाएका थिए । महासचिवमा नरेन्द्रकुमार बस्नेत २७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे । शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको थियो ।

    महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा यसअघि नै शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी खरेल र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिने छन् ।

    शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहने छ । अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगीरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए । शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो ।

    समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए । शाखालाई यसअघि नवीन पोखरेल र चिरन शर्माले एकएक तथा नरेश खपाङ्गी मगरले दुई कार्यकाल नेतृत्व गरेका थिए ।

    अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले अधिवेशन सफलताको शुभकामना र निर्विरोध निर्वाचित र भोटिङबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई बधाई दिएका थिए । उद्घाटन सत्रमा महासंघ बेलायत शाखाले बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आइतबार सम्मान गरेको छ ।

    सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगीरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्वप्रधान सम्पादक चिरन्जीवी पौडयाल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij