गतबर्ष भारतमा लकडाउन भैरहेको समयमा नायक अक्षय कुमारले चलचित्र ‘बेल बटम’को छायांकन गरेका थिए । यो चलचित्रका लागि अक्षयले ११७ करोड पारिश्रमिक लिएका थिए । यसपछि, अक्षयले सन् २०२२ मा रिलिज हुने सबै चलचित्रका लागि आफ्नो पारिश्रमिक बढाएर १३५ करोड पुर्याएका थिए ।
उनै, अक्षयले आफ्ना नजिकका साथी साजिद नाडियाडवालाको चलचित्र ‘बच्चन पाण्डे’का लागि भने ९९ करोड पारिश्रमिक वुझेका छन् ।
यसैले पनि चलचित्रका निर्माता बासु भागनानीले चलचित्रको बजेट कम गर्ने प्रयास गरेका छन् । यसका लागि उनले नायक अक्षय कुमारलाई पारिश्रमिकमा ३० करोड घटाउन आग्रह गरेका छन् । यदि चलचित्र हलमा रिलिज भयो भने सामान्य अवस्थाको जस्तो कमाउन नसक्ने वुझाई निर्माताको छ ।
निर्माता बासुले ३० करोड पारिश्रमिक घटाउन गरेको आग्रहलाईअक्षयले सहर्ष स्विकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अब, यो चलचित्रबाट अक्षयले ८५ देखि ९० करोड प्राप्त गर्नेछन् । यसअघि, नायक सलमान खानले पनि ‘राधे’ चलचित्रको रकम घटाएका थिए ।