आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सशस्त्र प्रहरीद्वारा झण्डै १० लाखको मदिरासहित एक पक्राउ

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८



  • सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी व्यारेजस्थित पूर्व-पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीब ९ लाख ८२ हजार रुपैयाँ बराबरको मदिरासहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरी जिल्लाको रामधुनी नगरपालिका-३ बस्ने केशव विश्वकर्मा रहेका छन् ।

    प्रदेश १-०२-००१ ख ८६६० नम्बरको आईचर गाडीमा अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ हजार १ सय ५० कार्टुन मदिरासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त गाडी समेत बरामद गरेको छ ।

    पक्राउ परेका विश्वकर्मालाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय राजविराजमा बुझाईएको सशस्त्र प्रहरी जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij