आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२ मिलियन डलर बराबरका नोट झुण्ड्याएर बार सजाइयो, यो पैसाको कर पनि तिरिन्छ

  • प्रकाशित मिति : मङ्लबार, असार १, २०७८



  • काठमाडौं। अमेरिकाको फ्लोरिडामा पेन्साकोलाको म्याकगुएर्स आइरिस पब आफ्नो खाना र ड्रिंकभन्दा सजावटका कारण चर्चामा छ । यो पबको छतमा सक्कली नोटहरु झुण्ड्याएर राखिएको छ । एक अनुमानका अनुसार यो पबको छतमा २ मिलियन डलर बराबरका नोट झुण्ड्याइएका छन् । यसरी नोट झुण्ड्याएपछि यहाँ कैयौं पटक चोरीको कोसिस पनि भएको छ तर अहिलेसम्म हरेक पटक चोर समातिएका छन् ।

    पबका मालिकले सजावटका लागि राखिएका यी नोटलाई पनि सम्पत्ति मानेर कर तिर्छन् । अर्थात यो पबको जति सम्पत्ति छ त्यसको कूल करमा २ मिलियन डलर बराबरको जति कर हुन्छ त्यो पनि जोडेर तिर्छन् । यो पब १९७७ मा मार्टिन म्याकगुएर र उनकी पत्नी मौलीले सुरु गरेका थिए । म्याकगुएरले बारको काम हेर्छन् र मौलीले टेबलको काम हेर्छिन् । पब खुलेपछि एक ग्राहकले मौलीलाई १ डलर टिप दिएका थिए । मौलीले त्यो नोटमा मिति लेखेर गुडलकको रुपमा त्यहीँ झुण्ड्याइदिइन् ।

    त्यतिबेला उनलाई थाहा थिएन कि उनले जे गरिरहेकी छिन् त्यो भविष्यमा परम्परा बन्नेछ । तर, यो परम्परा बन्यो र आज पनि चलिरहेछ । मौलीले टिपमा पाएका नोट छतमा झुण्ड्याउँथिन् । यो देखेर पछि मानिसहरुले टिप दिने नोटमा अटोगफ दिन थाले । मौलीले नोटहरु झुण्ड्याउँदै गइन् । त्यही बेलादेखि यो संकलन बढिरहेको छ ।

    म्याकगुएरका एक नजिकका व्यक्तिका अनुसार १५ हजार वर्गफिटमा फैलिएको यो पबमा हरेक छतमा डलर झुण्डिएका छन् । छतमा ठाउँ नपुगेपछि पबका मालिकले नोट भित्तामा झुण्ड्याउन थालेका छन् । मानिसहरुले यहाँबाट डलर चोरेर पनि जान्छन् तर ती नोटहरु बाहिर चल्दैनन् किनकि ती नोटमा मार्करले मिति लेखिएको हुन्छ र ती नोट पुलिसको पहिचानमा आउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij