मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

सुहागरातमा शारीरिक सम्बन्धको क्रममा १८ वर्षकी बेहुलीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, असार २, २०७८



  • काठमाडौं। बिहेपछि नवविवाहित जोडीको जीवनमा पहिलो रात निकै महत्वपूर्ण मानिन्छ । तर, यो रातमै भयंकर दुर्घटना भयो भने त्यसले जीवनमा पछिसम्म तर्साइरहन्छ । ब्राजिलमा एक नवविवाहित जोडीको जीवनमा यस्तै भएको छ । बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजाडिएको छ । द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बेहुलीको मृत्यु भएको छ ।

    ब्राजिलको इबिराइट सहरमा १८ वर्षकी युवतीको २९ वर्षका युवकसँग धुमधामका साथ उनको घरमा रहेको फार्महाउसमा बिहे भएको थियो । बिहेपछि नवविवाहित जोडी निकै खुसी थिए । तर, यो खुसी धेरै समयसम्म टिक्न सकेन । पुलिसका अनुसार बिहेपछि पहिलो रातमा शारीरिक सम्बन्धको क्रममा बेहुलीको स्वास्थ्य अचानक बिग्रियो । जबसम्म उनका पतिले केही बुझ्न सक्थे त्यतिबेला उनी जमिनमा लडिसकेकी थिइन् ।

    पत्नीको यो हालत देखेपछि पतिले सहयोगका लागि छिमेकीहरुलाई बोलाए । पत्नीलाई अस्पताल लैजानको लागि उनले ट्याक्सी बोलाए तर उनका अनुसार ट्याक्सी चालकले अस्पताल जान मानेनन् । त्यसपछि उनले अर्को ट्याक्सीलाई भने तर त्यो ट्याक्सीका चालकले पनि अस्पताल जान अस्वीकार गर्दै आकस्मिक सेवामा फोन गर्न भने । त्यसपछि पतिले आकस्मिक सेवामा फोन गरे ।

    पारामेडिक्स स्टाफ उनको घर पुग्दासम्म उनकी पत्नीको सास चलिरहेको थियो । पारामेडिक्सले उनको जाँचमा उनलाई सास फेर्न कठिनाइ भइरहेको पाए र उनलाई हृदयाघात भएको पुष्टि गरे । तत्काल उनलाई एम्बुलेन्समा अस्पताल लगियो तर बाटोमै उनको मृत्यु भयो । पतिको दावीअनुसार एम्बुलेन्स आउन करिब एक घण्टाको समय लाग्यो । यही कारण उनकी पत्नीको मृत्यु भएको उनले दावी गरेका छन् ।

    आपतकालीन सेवाको तर्फबाट भने पहिले एम्बुलेन्स रद्द भएपछि अर्को एम्बुलेन्स २१ मिनेटभित्र पुगेको बताइउको छ । महिलाको पोस्टमार्टममा उनलाई ब्रोङकाइटिसको समस्या भएको खुलासा भएको छ । पुलिसका अनुसार बेहुलीको शरीरमा हिंसाका कुनै चिन्ह थिएनन् । पुलिसले उनको मृत्यु आकस्मिक मानेको छ । छिमेकीहरुले पनि घटनाभन्दा पहिले कुनै किसिमको चिच्याएको स्वर वा अन्य आवाज नसुनेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.