आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बागलुङमा ४९ घर पहिरोको उच्च जोखिममा

  • प्रकाशित मिति : बुधबार, असार २, २०७८



  • बागलुङ । तीनदिनदेखि निरन्नतर परेको अविरल वर्षाका कारण बागलुङको विभिन्न स्थानमा ४९ घर पहिरोको जोखिममा परेका छन् भने दर्जन बढी परिवार विस्थापित भएका छन् ।

    पहिरोका कारण बस्ती जोखिममा परेका पीडित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    बागलुङ नगरपालिकाका विभिन्न स्थानमा ७ घर, गलकोट नगरपालिकामा ३ घर पहिरोको उच्च जोखिममा परको छन् ।

    जिल्लाको जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

    अविरल वर्षाको कारण जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ८ घर र काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

    वर्षको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैमिनी जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको स्थानीय रेशम गिरीले जानकारी दिनुभयो ।

    उनले पहिरोको कारणतीन घर परिवारले आफन्तको आश्रय लिएका छन् भने अन्यपाँच घरका व्यक्ति भने बसाई सरी अन्तै गएको गिरीले बताउनुभयो ।

    यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक माथिबाट आएको पहिरोको कारण तीन घर विस्थापित भएका छन् ।

    रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तरगत जिरेदीको कालिका मन्दिरदेखि गगन पानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडकमाथि र सडम मुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै जिल्लाको ढोरपाटनन गरपालिका वडा नम्बर ९ मापनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

    पहिरोले स्थानीय मिन बहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकोले सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

    त्यस्तै जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

    गाउँपालिकाको धुल्लु बास्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेकावडानम्बर १ काअध्यक्ष नरसेङपुनले जानकारी दिए ।

    धुल्लुबास्कोटको भिउँडाँडामा ३ घर, लुगरुङमा ४ घर, थापाथरमा ३ घरगोठ, उर्लेनिमा ३ घर र धुल्लुबास्कोट मिलन चोकमा १ घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष पुनले बताउनुभयो ।

    त्यसैगरी वडा नम्बर २ को हुग्दी शिरमा ३ घर र वडानम्बर ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष अमर बहादुर शेर पुर्जाले जानकारी दिनुभयो ।

    त्यस्तै जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीमा पनि नौ घर पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष चित्रा श्रीसले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij