आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङकाे तुलसीपुरमा बाढीको उच्च जोखिम

  • प्रकाशित मिति : शनिबार, असार ५, २०७८



  • दाङ । अविरल वर्षाका कारण दाङका धेरै क्षेत्रहरु डुबानमा परेका छन् । बस्ती–बस्ती र बजार क्षेत्रमासमेत पानी पसेर बगर झै देखिएको छ ।

    वर्षेनी बाढी र पहिरोको उच्च जोखिममा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको पातुखोला क्षेत्र पनि उच्च जोखिममा रहेको छ । राष्ट्रिय स्तरमा नै सबै भन्दा बढी जोखिम क्षेत्रको रुपमा मानिएको तुलसीपुरको पातुखोला क्षेत्र अहिले पनि उच्च जोखिममा रहेको छ । लामो समय देखि खोलाकै रुपमा बगेको उक्त क्षेत्र पछिल्लो समयमा मानवीय अतिक्रमणकाे चपेटामा परेको छ ।

    यस क्षेत्रमा खोलाको आकार लिएर बग्ने खोलाहरु अहिले कुलोमा परिणत हुँदा यहाँ बर्षेनी मानवीय संकट थपिदै गएको छ । यहाँका खोला छेउका बगरहरु बजार र बस्तीमा परिणत हुँदा प्राकृतिक बिपत्ती भोग्नु परेको छ । पातुखोला क्षेत्रको ५ किलोमिटर क्षेत्र अहिले पूर्ण रुपमा बस्तीको रुपमा विकास भए पछि यो क्षेत्र उच्च जोखिममा देखिएको स्थानीय पदम केसीको भनाई छ ।

    बाढीले बिगतमा पु¥याएको क्षती र भविष्यमा गर्न सक्ने क्षतीको सम्भावित क्षेत्र हेर्दा यो क्षेत्र उच्च जोखिमपूर्ण स्थान रहेको अर्का स्थानिय नारायण भण्डारीले बुझाई छ । प्रकृतिमाथि मानवीय चुनौति र दोहन थपिदै जाँदा कालान्तरमा खोलाले आफनो लय समात्दै गएका कारण ठूलो जोखिम रहने उहाँको बुझाई छ ।

    यता खोलामा रहेका बस्तीहरुलाई संरक्षण गर्न राज्यले काम गर्दै आइरहेको तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रष्टोक्ती छ । जनप्रतिनिधि विहीन अवस्थामा भूमाफियाको सक्रियताको कारण बगर बस्तीमा रुपान्तरण भएको र खोला नहरका रुपमा परिणत हुँदा बर्षेनी समस्या बढ्दै गएको उहाँको दाबी छ ।

    पातुखोलाको सिरानमा रहेको कपुरकोटबाट बर्षेनी पहिरो खस्ने गरेको छ भने त्यसको असर तुलसीपुर क्षेत्रमा पर्ने र पातुखोला क्षेत्र पूर्णरुपमा प्रभावित हुदै आएको छ । यस क्षेत्रमा मात्रै अहिले हजारौ घरहरु धमाधम निर्माण भई रहेकाछन् । तुलसीपुर १ राम्रीको फेदिवाट उरहरीको सुकौरा बबईसम्ममा पर्ने पातुखोलाको रेड क्षेत्र पहिचान र खोजि गर्न यस अघिनै योजना बनाए पनि कार्यान्वयन हुन सकेको छैन् । त्यसैले भविश्यमा यसबाट हुने क्षति न्यूनिकरण गर्न तत्काल तदरुकता नदेखाए यसले ठूलो धनजनको क्षति नगर्ला भन्न सकीदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij