आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा एसपी चढेको जिप दु र्घटना, ६ प्रहरी घाइते

  • प्रकाशित मिति : शनिबार, असार ५, २०७८



  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी चढेको गाडी नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा दुर्घटनामा परेको छ।

    बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप दुर्घटना परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ। पाँच प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चोट लागेको उनले जानकारी दिए।

    घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताए। अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इन्जिनियरसमेत रहेका थिए।

    ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडी भागमा पूर्ण रुपमा क्षति पुगेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र एसपी अधिकारीसहितको टोली पुलको निरीक्षण गरेर फर्किदै गर्दा आज साँझ करिब साढे ५ बजेको समयमा दुर्घटना भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij