आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘फेक आइडी’ बनाई अश्लिल शब्द पठाउने युवक पक्राउ

  • प्रकाशित मिति : बिहिबार, असार १०, २०७८



  • सामाजिक सञ्जालमा ‘फेक आइडी’ बनाइ महिलालाई अश्लिल शब्द लेखेर पठाउने एक युवक पक्राउ परेका छन्।

    जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ का १९ वर्षीय डेबिट पुनलाई नक्कली फेसबुक र टिकटकमा महिलाको फोटो राखेर अश्लिल  शब्दहरु लेखी पठाउने गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    अश्लिल शब्द महिलालाई पठाउने र पोष्ट गर्नेजस्ता कार्य गरेको लिखित उजुरीको आधारमा पुनलाई पक्राउ गर्नु परेको  जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। पुनविरुद्ध दुई जना महिलाले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा उजुरी दिएका थिए।

    अश्लिल शब्द लेख्ने र पोष्ट गर्ने पुनलाई सम्झाउन खोज्दा उल्टै महिलामाथि पुनले हातपात तथा दुव्र्यवहार गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन्।

    अन्य थप दुई जना महिलाले पनि मौखिक रुपमा प्रहरीमा पुनविरुद्ध जाहेरी दिएको डिएसपी रिजालले जानकारी दिए। पुनलाई असार ६ गते पक्राउ गरी अभद्र  ब्यबहार कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij