आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, ४ महिना यताकै उच्च संक्रमित

  • प्रकाशित मिति : बिहिबार, असार १०, २०७८



  • एजेन्सी । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ ।

    बेलायतमा पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेबु्रअरी ६ पछिकै उच्च हो ।

    फेबु्रअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर उकालो लागेको हो ।

    बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने खासै वृद्धि भएको छैन । यता अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण बढेको छ ।

    आज न्यु साउथ वेल्सले दिएको जानकारीअनुसार हिजो ११ नयाँ संक्रमित फेला परेका छन् । संक्रमित हुनेमा न्यु साउथ वेल्सका कृषिमन्त्री पनि छन् ।

    यसअघि न्यु साउथ वेल्सका स्वास्थ्यमन्त्रीले कोरोना संक्रमित अझै भेटिन सक्ने बताएका थिए ।

    न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले सिड्नीमा अर्को लकडाउन हुन सक्ने चेतावनी दिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij