आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्युठानमा तामा खानी बन्द, उत्खनन तथा संरक्षणका लागि सरकारले चासो नदिएको आरोप

  • प्रकाशित मिति : आइतवार, असार १३, २०७८



  • प्युठान । नेपालमा तामा, कोइला, फलाम चुनजस्ता खनिज पदार्थहरुको खानीहरु प्रशस्तै छन् । धेरै वर्ष अघिदेखि सञ्चालनमा आएका यस्ता खानी पछिल्ला केही वर्षदेखि बन्द छन् । जसमध्ये परम्परागत रुपमा उत्खन्न हुदै आएको प्यूठानको गौमुखी गाउँपालिकाको तामा खानी पनि बन्द छ ।

    प्यूठानको गौमुखी गाउँपालिका– ४ पुजाको तामा खानी बन्द भएको धेरै वर्ष भयो । राणा शासन तथा त्यसपछिको समयसम्म यो तामा खानी स्थानीय स्रोतसाधनको प्रयोग गरेर स्थानीयले उत्खनन् गर्दै आएका थिए ।

    उत्खनन गरेको तामाबाट उनीहरुले भाँडा बनाएर बिक्री गरि दैनिक जिविकोर्पाजन गर्दै आएका थिए । देशमा विभिन्न परिवर्तन भएपनि खानी उत्खनन तथा संरक्षणका लागि सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।

    स्थानीय स्तरमा रहेका खानी सञ्चालन गर्ने अधिकार स्थानीय तह तथा केन्द्र सरकारको भएको स्थानीय बताउँछन् । पुरानै शैलीमा खानी उत्खनन गर्ने अवस्था अहिले नभए पनि संरक्षण गर्दै नयाँ प्रविधिको प्रयोग गरेर खानी उत्खनन गर्न सकिन्छ ।

    खानीहरु उत्खनन गर्ने र त्यसवाट आउने आयश्रोतवाट स्थानीय तहहरुले फाइदा लिन सक्ने भए पनि यहाँका स्थानीय तहहरुले सञ्चालनमा रहेको खानीसमेत संरक्षण गर्न सकेका छैनन् ।

    यो खानीको अध्ययन, अवलोकनका लागि चिनियाँ टोलीसमेत आएका थिए तर अहिलेसम्म अध्ययन प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ।

    पहिलेदेखि सञ्चालनमा रहेका खानी बन्द हुनु पक्कै राम्रो होइन । खानीको सही व्यवस्थापन गर्दै नयाँ प्रविधिको प्रयोग गरेर सञ्चालनमा ल्याउन सरकारले जोड दिनुपर्छ ।

    बन्द रहेको खानी सञ्चालनका लागि प्रदेश र केन्द्र सरकार बिच समन्वय गरेर प्रदेश वा स्थानीय सरकारलाई हस्तान्तरण भएमात्रै खानी सञ्चालन गर्न सकिन्छ ।

    देशमा रहेका यस्ता खनिज पदार्थहरुका खानीहरु सञ्चालन गर्न सके देशले लिएको समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउने थियो साथै देशले बेहोर्दै आएको व्यापार घाटा पनि कम हुने कुरामा दुई मत छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij