आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाँकेका युवा अर्गानिक तरकारी खतीबाट राम्रो आम्दानी गर्दै

  • प्रकाशित मिति : सोमवार, असार १४, २०७८



  • काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

    बैजानाथ गाँउपालिका वडा नं. ४ तिलकपुरका तुल्सीराम थारु ४ बर्ष वैदेशिक रोजगारमा काम गरेर घर फर्केका हुन् ।

    उनी अहिले ११ कट्ठा जमिनमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । यस वर्ष २ कट्ठा जमिनमा करेला खेती गरेर करिब १८ क्विन्टल करेला बिक्रि गरिसकेकाछन् भने अझै पनि बिक्रि गर्न सकिने गरी उत्पादन भइरहेको छ, बिक्रि पनि गरिरहेका छन् ।

    तरकारी खेतीका लागि बनाइएको टनेलमा प्रयोग गरीने डोरी एक महिनामै कुहिएर जान थालेपछि उनले खेर गएका प्लाष्टिकका बटलबाट डोरी बनाएर टनेलमा प्रयोग गरिरहेका छन् ।

    तरकारी खेतीमा विषादी प्रयोग नगरेको र अर्गानिक तरकारी उत्पादन गरीरहेको उनको दाबी छ ।

    युवा कृषक तुल्सीरामलाई प्रदेश सरकारले सञ्चालन गरेको स्मार्ट कृषि गाँउबाट तरकारी खेतीका लागि प्रयोग हुने हरेक सामग्री उपलब्ध गराएको छ ।

    उनको तरकारी खेतीमा करेलासँगै काँक्रो, खुर्सानी, लौका, भिन्डी, फर्सि लगायतका तरकारीहरु छन् । प्रदेश सरकारबाट अनुदान सहितको सहयोग पाइरहेको उनले बताए ।

    कृषक तुल्सीराम आफुले कृषिमा मेहनत गरिरहेको बताउँछन् । सरकारले वातावरण बनाइ दिए युवाहरु कृषि पेसामा आवद्ध हुने उनको भनाई छ ।

    उनी युवाहरुलाई विदेश नजानको निम्ति आग्रहगर्छन् । नेपालमै बसेर अर्गानिक तरकारी उत्पादन गरी आम नेपालीलाई निरोगी बनाउन युवाहरुले भुमिका खेल्नुपर्ने उनको सुझाब छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij