आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शान्ति स्थापनामा विश्वमा धेरै सैनिक पठाउने मुलुकमा नेपाल तेस्रो

  • प्रकाशित मिति : मङ्लबार, असार १५, २०७८



  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

    शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

    विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् ।

    विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ ।

    यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ ।

    सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौँ । नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ ।”

    सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन शुरु गरिएको हो ।

    विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पु¥याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij