आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागू, चहलपहल बढ्यो

  • प्रकाशित मिति : मङ्लबार, असार १५, २०७८



  • काठमाडौं । काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।

    उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निषेध आदेश अनुसार मंगलबारदेखि उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी सञ्चालन हुन थालेको हो ।

    सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रूपमा भौतिक दूरी कायम गर्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइनेछ ।

    सार्वजनिक सवारी साधन चलेसँगै बजारमा चहल–पहल र भीडभाड बढेको छ भने अत्यावश्यक काममा लागि यात्रुहरूलाई सहजता समेत भएको छ । जति चल्नुपर्ने हो त्यति धेरै मात्रामा सवारी साधन भने चलेका छैनन् ।

    सोमबारमात्र ४ यातायात संगठनहरूले विज्ञप्ति निकाल्दै सम्पूर्ण सार्वजनिक सवारी असार १८ गतेदेखि सञ्चालन गर्ने जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij