आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धान दिवसको कार्यक्रममा बोल्दै ज्ञवालीले भनेः सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भयो

  • प्रकाशित मिति : मङ्लबार, असार १५, २०७८



  • eQmk'/, !% c;f/ -/f;;_ M c;f/ !% /fli6«o wfg lbj;sf] cj;/df cfh /fli6«o o'jf ;+3 g]kfn s]Gb|Lo sld6Lsf] cfof]hgfdf eQmk'/sf] g+v]ndf ePsf] /f]kfO{ laz]if sfo{qmddf af]Nb} Pdfn]sf k|jQmf tyf k"j{k//fi6«dGqL k|bLk 1jfnL . tl:j/ M /d]z lu/L, /f;;

    भक्तपुर । नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा संघ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाईँ विशेष कार्यक्रममा बोल्दै उनले अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको जनाए ।

    पूर्वमन्त्री ज्ञवालीले यो खेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रैमा सिमित नभएको दाबी गर्दै भने, “सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाईँ मात्रै हो भन्ने बुझ्नु हुदैन, मुलुकमा अहिलेसम्म भएका उपलब्धीलाई सिध्याउने षड्यन्त्र पनि हो ।” जब एमाले विकासको लहर लिएर आउँछ तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र हुने गर्छ भन्दै उजले एमालेलाई सिध्याउने २०५० सालदेखिको षड्यन्त्र असफल हुँदै आएको बताए ।

    “एमाले जुर्मुराएको बेला २०५० सालमा जननेता मदन भण्डारीको हत्या भयो, अब एमाले सिध्दियो भन्ठानेका थिए, तर एमाले धूलो टक्टक्याएर उठ्यो, २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अनेकौ दाउपेच भयो, अब एमाले ढल्यो भन्नेहरुका अगाडि एमाले फेरी ब्युझिँएर अगाडि बढ्यो,” नेता ज्ञवालीले भने,“यही क्रममा २०५४ सालमा एमाले फुट्यो, राजा र माओवादीका अतिवादलाई पनि हाम्रो पार्टीले असफल तुल्याएको हो ।”

    कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था थिए भन्दै उनले भने, “आफ्नै घरबाट मान्छेको अपहरण र हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी गर्ने आँट थिएन, चन्दाको मागे डरले आफैँ पोको पारेर चन्दा बुझाउन जान्थे, चन्दा मागेन भने ब्ल्याक लिस्टमा पो परेकी भनेर डराउँथे, त्यस्तो डरलाग्दो हिंसाको अवस्थालाई शान्तिपूर्ण माध्यमबाट हिंसाको अन्त्य गरियो, गुमेको नेपाली भुभागलाई नक्सामा समेट्ने काम गरियो, भूमि फिर्ता ल्याउन पहल गरिरहेको छ, देशको परराष्ट्रनीतिलाई सुधार गर्दै गरी समृद्ध नेपालको यात्रा थालनी भएको छ ।”

    उनले संविधान बनाउँदा भएको विदेशी हस्तक्षेप तथा नाकाबन्दीको सामना गर्दै, जातजाती, धर्म, लिङ्ग, मधेश पहाडदेखि भूगोलको विषय उठाएर हिंसा भड्काउने खेल विगतदेखि नै भएको भन्दै उनले अब युवा अगाडि बढ्नुपर्ने बताए।

    सरकारले विभिन्न ठुला सिंचाई आयोजना सञ्चालन गरेको, कृषिलाई आधुनिकीकरण र प्रविधियुक्त बनाउँदै लगेको, मलको हाहाकार हुन नदिन आफ्नै देशमा रासायनिक मल उत्पादन गर्न लागेको भन्दै उनले देशलाई कृषिमा आत्मानिर्भर बनाएर खाद्यान्न निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन लागिरहेको बताए ।

    कार्यक्रममा पूर्वमन्त्री महेश बस्नेतले सरकारले देशको व्यापार घाटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको र विद्यार्थी, महिला, दलित, जनजातीलाई रोजगारी र उद्यमशीलता दिँदै क्रमशः आत्मनिर्भर बनाएको बताए ।

    प्रधानमन्त्री ओली राष्ट्रनायक भएको उल्लेख गर्दै उनले सरकारको विकासको योजना सफल पार्न युवा संघ जोश जाँगर र उर्जाका साथ अगाडि बढेको जनाए ।

    कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन वृद्धिमा युवा लागेको जनाए ।

    कलकारको धान रोपाईँ
    कार्यक्रममा नेपाली सिने क्षेत्रदेखि लोकगीत संगीतमा लाग्नेको बाक्लै उपस्थिति थियो तर नाम चलेका अधिकांश कलाकारले धान रोपेको अभिनय गर्दै फोटो खिचाएका थिए । धान दिवसको अवसरमा रोपाईँ कार्यक्रममा सहभागी हुने कलाकारहरु दीपाश्री निरौला, स्वस्तिमा खड्का, सुरविन बान्तवा खेतमा पुगेका थिए ।

    इन्द्रेणी साँस्कृतिक समूहले भने धान रोपाईँमा रमाइलो गराएको थियो । इन्द्रेणी साँस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलसहित छत्र शाही, कल्पना दाहाललगायतका लोक दोहोरीका कलाकारले गीत गाउँदै रमाउँदै धान रोपाईँमा सहभागिता जनाएका थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij