आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्थिक वर्ष सकिन लाग्दा पूँजीगत खर्च लक्ष्यको आधा भन्दा कम

  • प्रकाशित मिति : बुधबार, असार १६, २०७८



  • काठमाडौं । चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको सरकारले छ महिनामा संसोधन गरी १३ खर्ब ४४ अर्बमा झारेको थियो ।

    अहिले सो लक्ष्य भेट्न पनि सरकारलाई मुस्किल देखिएको छ । कोरोना लहरका कारण थलिएको अर्थतन्त्र चलायमान बन्न नसकिरहेका बेला सरकारको खर्च क्षमतामा समेत ह्रास आएको हो ।

    चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहदा सरकारी खर्च जम्मा ९ खर्ब ८५ अर्ब भएको छ ।

    यो लक्षित खर्चको ६६ दशमलव ८ प्रतिशत हो । जसमा चालु खर्च ७ खर्ब ४७ अर्ब खर्च भएको छ ।

    जुन लक्षित ९ खर्ब ४८ अर्बको ७८ दशमलव ८ प्रतिशत हो । यस्तै ३ खर्ब ५२ अर्बको लक्षित पूँजीगत खर्चमा १ खर्ब ६० अर्ब मात्र खर्च हुन सकेको छ ।

    यो लक्षित खर्चको ४५ दशमलव ५१ प्रतिशत हो । यसैगरी चालु आर्थिक वर्षको लागि वित्त व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब छुट्याइएको हालसम्म जम्मा ७६ अर्ब खर्च भएको छ ।

    यो जम्मा ४४ दशमलव ३८ प्रतिशत मात्र हो । बर्षेनी बजेटको आकार बढ्दै जाने तर खर्च गर्ने प्रवित्तिमा परिवर्तन आउन नसक्दा पूँजीगत खर्चको अवस्था यो बर्ष पनि दयनीय रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij