आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विपक्षी दलहरुको विरोधका कारण लुम्बिनी प्रदेशको बजेट अलपत्र

  • प्रकाशित मिति : बिहिबार, असार १७, २०७८



  • काठमाडौं । लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभामा पेश भएको दुई साता बितिसक्दा पनि छलफल हुन सकेको छैन । आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशसभामा बजेट छलफल हुन नसकेको हो ।

    असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोडको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । तर त्यसयता बजेटबारे प्रदेशसभामा छलफल हुन सकेको छैन ।

    विपक्षी दलहरुले सरकारको वैधानिकतामाथि प्रश्न गरिरहेका बेला बहुमतले नीति तथा कार्यक्रम पास गरेपछि बजेट ल्याउन सरकारलाई बाटो खुलेको थियो । तर विपक्षी दलहरुले बजेट छलफल अवरोध गरेका छन् ।

    असार ७ गते विनियोजन विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । सो बैठकमा कांग्रेस संसदीय दलका वीरेन्द्र कनौडियाले धारणा राख्दै प्रदेशसभा बहिस्कार गर्ने निर्णय भएको घोषणा गर्नुभएको थियो ।

    त्यसपछि सरकारले बजेट विधेयक सदनमा प्रस्तुत गर्न समेत पाएन । दलहरुबीच सहमति जुट्न नसकेपछि सभाुमख पूर्णबहादुर घर्तीले २७ गते बैठक बस्ने गरी सूचना टाँसेर स्थगित गर्नुभएको थियो ।

    प्रतिपक्षी दलहरुले सरकारले चुनाव केन्द्रीय बजेट ल्याएकाले विरोध गरेको प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij