आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युरोपमा कोरोना भाइरसको नयाँ लहर, संक्रमितको संख्या बढ्दै

  • प्रकाशित मिति : शुक्रबार, असार १८, २०७८



  • एजेन्सी । युरोपमा कोरोना भाइरसको संक्रमणको नयाँ लहर सुरु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार झण्डै दुई महिनापछि युरोपमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ ।

    संक्रमितको संख्या बढ्दै जाँदा फेरि अर्को चरणको महामारी सुरु हुनसक्नेतर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले संक्रमितको संख्यामा वृद्धि भएको हो ।

    युरोपेली देशहरुमा भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

    नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको छ । युरोपेली देशहरुमा अहिलेसम्म औसतमा २४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij