आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार

  • प्रकाशित मिति : आइतवार, असार २०, २०७८



  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने अडान दोहोर्‍याउनु भएको छ ।

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार टेलिफोन गरी हस्ताक्षर फिर्ताका लागि गरेको आग्रह वरिष्ठ नेता नेपालले अस्वीकार गर्नुभएको हो । केन्द्रीय कमिटी बैठक अघि अध्यक्ष ओलीसँग भएको टेलिफोन वार्तामा नेता नेपालले आपसी परामर्शविना डाकिएको बैठक स्थगित गर्न आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राख्नुभएको हो ।

    वरिष्ठ नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको भन्दै अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा फैसला स्वीकार्न सकिने तर हस्ताक्षर फिर्ता लिन नसकिने जवाफ दिनुभएको थियो । उहाँले पार्टीको एकता टुंग्याउन गठित कार्यदललाई नै सक्रिय बनाउनुपर्ने धारणा राख्नु भएको थियो ।

    शुक्रबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले सोमबारसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता समाप्त हुने चेतावनी दिनुभएको थियो । प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । जसमा नेपाल समूहका २३ जना पनि छन् ।

    यता पार्टीभित्र देखिएको विवाद मिलाउन नेकपा एमालेका दोस्रो तहका नेताहरु आज पनि दिनभरजासे छलफलमा जुटेका छन् । छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ र नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य सहभागी थिए । उनीहरूले सहमतिका विभिन्न विकल्पमा छलफल गरेको नेपाल पक्षका एक नेताले जानकारी दिनुभयो ।

    दोस्रो तहका नेताहरूबीच छलफलमा उठेका विषयबारे जानकारी दिन उपमहासचिव घनश्याम भुसाल नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो । त्यही क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको हो । भुसालले नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन सम्वाद गराउनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij