आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्माणाधीन घरको छतबाट खस्दा मृत्यु

  • प्रकाशित मिति : आइतवार, असार २०, २०७८



  • मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चारतले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्‍याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलमा मृत्यु भएको हो ।

    सिन्धुली दुधौली घर भएका रामकुमार सदा, श्रीमती र छोरीे तीन जनाको परिवार निर्माणाधीन घरमा काम गर्न बसेकामा राति १० बजे खाना खाएर लक्ष्मी छतमा सुत्न जाँदा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका वरिष्ठ प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।

    प्रहरी टोलीले घटनास्थल लाश जाँच प्रकृति मुचुल्कापछि परीक्षणका लागि आज केएमसी अस्पताल दुवाकोट पठाइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij