प्रकाशित मिति : शुक्रबार, असार २५, २०७८
काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज उपलब्ध गराउने भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप र भुटानलाई ५ लाख डोज मोर्डना खोप उपलब्ध गराउने भएको हो ।
अमेरिकाले उपलब्ध गराएको उक्त खोप शनिबार नेपाल आइपुग्ने ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै रोयटर्सले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij