आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, चार जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, असार २५, २०७८



  • closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

    चिवतन । छुट्टा–छुट्टै घटनामा जिल्लामा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पौडी खेल्ने क्रममा २१ वर्षीय युवक र सवारी दुर्घटनामा ५ वर्षाीय बालकका ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

    हुम्ला खार्पुनाथ गाउँपालिका घर भएका हाल माडी नगरपालिका–६ स्थित दिवाकर प्राविधिक शिक्षालयमा अध्यनरत २१ वर्षीय हिक्मत शाहीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । रिउ खोलामा ६ जना पौडी खेल्न गएकामध्ये शाहीको भने डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

    यस्तै, पूर्व–पश्चिम राजमार्गको राप्ती–३ झुरझुरे खण्डमा भण्डाराबाट हेटौंडा तर्फ जाँदै गरेको बा १९ च ७९८६ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ००३ प ६८८८ र प्रदेश नम्बर ३–००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चितवन खैरहनी नगरपालिका–१२ का ५ वर्षीय आरुस अधिकारीको मृत्यु भएको छ । दुर्घटना पछि घाइते उनको उपचारको क्रममा मृत्यु भएको थापाले जानकारी दिनुभयो ।

    ठक्करबाट प्रदेश ३–००२प ६४८३ नम्बरको स्कुटर चालक एवं मृतकका बुवा ३५ वर्षीय राजकुमार अधिकारीको दाहिने गोडा र मुखमा चोट लागेको छ । त्यसैगरी, प्रदेश ३ ००३ प ६८८८ नम्बरको स्कुटर चालक चितवन रत्ननगर–१५ बस्ने १८ वर्षीय निशान भट्टराईको अवस्था सामान्य र सोही स्कुटरको पछाडी सवार २० वर्षीय सन्तोष पोखरेलको अवस्था मध्यम रहेको छ ।

    घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij