आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२०९ किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा

  • प्रकाशित मिति : बुधबार, असार ३०, २०७८



  • मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको दुई स्थानबाट २०९ किलो लागु औषध गाजाँसहित प्रहरीले सवारी साधन र मानिस नियन्त्रणमा लिएको छ ।

    बुधबार प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला हेटौंडा १५ रातोमाटेमा हेटौडाबाट बारा तर्फ जाँदै गरेको विआर०१जीजी ९४९५ नम्बरकोको भारतीय ट्रकबाट गाँजा १६९ किलो फेला परेको र गाडीका चालक भारत मोतिहारी बस्ने ३० वर्षको रविन्द्र राय र सहचालक सोही स्थान बस्ने ३१ वर्षको मुक्तार सैफिकलाई गाँजा, गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायब निरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

    त्यस्तै आजै बिहान ७ बजे तिर बिशेष सूचनाको आधारमा प्रहरी टोलिले हेटौंटा १९ नेवारपानीबाट मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनर गाडीमा गाँजा ४० किलो गाजाँ फेला परेकोले गाडीका सहचालक नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षका दीपक गुरुङलाई गाँजा, गाडी सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij