आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जनादेश भर्सेज परमादेश !

  • प्रकाशित मिति : बुधबार, असार ३०, २०७८



  • असार २८ को मध्यदिनमा भएको सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीतिलाई फेरि तरङ्गित बनाउने काम गर्‍यो । यो तरङ्गले राजनीतिमा मात्र उछाल ल्याएन सोही दिनको सेयर बजारमा समेत गम्भीर असर पुर्‍याउन भ्यायो । बाँकी अन्य क्षेत्र त उसै प्रभावित हुने भैहाले ।

    सिष्टम नबसेका मुलुकहरूका हरेक क्षेत्रहरू अस्तव्यस्त हुन्छन् । अहिले नेपालका स्वास्थ्य, शिक्षा र सार्वजनिक प्रशासनका हरेक क्षेत्रमा अस्तव्यस्तताका भरमार दृश्यहरू निःशुल्क देख्न पाइन्छ । ती क्षेत्र सबैले कुनै न कुनै हिसाबले राजनीतिको मुख ताकिरहेका हुन्छन् । अहिले नेपालमा भएको त्यस्तै छ । जनादेशको सिँढी चढेर भारी भरकम बहुमतको सत्ता चढेका केपी शर्मा ओली अन्ततः आफ्नै दम्भ, अहम्, सोच र बुद्धिका शैलीले परमादेशका कारण निरीह भएर सत्ताबाट गलहत्याइँदैछन् ।

    बनाइएका नायक, महानायक हुँदै बितेका चालीस महिनामा ओलीले आफ्नो राजनीतिक भविष्य समेत चकनाचुर पारेनन् कि उनका गुटका मिनी नेता, आसेपासे, पिछलग्गु र अन्धभक्त समेतको भविष्यलाई डामाडोल बनाइदिने काम गरे । नेपाली कम्युनिष्ट आन्दोलनका बितेका ७० वर्षहरू जसरी उचारचढाव भएर गएका छन् तिनीहरूले भोलि आउने दिनमा कम्युनिष्टहरूका लागि राजनीति गर्ने कुनै ठोस आदर्श समेत पार्टी अफिसका सोकेसमा सजाएर राख्न समेत सकेनन् ।

    नेपालको राजनीतिक इतिहासमा एउटा प्रधानमन्त्री प्रचण्ड बहुमत ल्याएर सत्तासीन भई ४० महिनामा युद्ध क्षेत्रमा घेरिएको निहत्था प्रधानसेनापतिझैँ भएर सत्ताबाट बहिर्गमन भएको दृश्य कुनै लोकप्रिय दुखान्त नाटकको गम्भीर दृश्यभन्दा कम छैन । २०१५ सालमा बीपीको जननिर्वाचित सरकारलाई पनि १८ महिनामै राजा महेन्द्रबाट अपदस्त गरिएको थियो । अहिले लोकतन्त्रमा राजाहरू पनि करिबकरिब ठेगान लागिसकेको स्थितिमा भारी जनादेश पाएका प्रधानमन्त्री ओली आफ्नै शासनशैलीले बहिर्गमित हुने भए ।

    बनाइएका नायक, महानायक हुँदै बितेका चालीस महिनामा ओलीले आफ्नो राजनीतिक भविष्य समेत चकनाचुर पारेनन् कि उनका गुटका मिनी नेता, आसेपासे, पिछलग्गु र अन्धभक्त समेतको भविष्यलाई डामाडोल बनाइदिने काम गरे । नेपाली कम्युनिष्ट आन्दोलनका बितेका ७० वर्षहरू जसरी उचारचढाव भएर गएका छन् तिनीहरूले भोलि आउने दिनमा कम्युनिष्टहरूका लागि राजनीति गर्ने कुनै ठोस आदर्श समेत पार्टी अफिसका सोकेसमा सजाएर राख्न समेत सकेनन् । जे नहुनु त्यही भैराखेका छन् नेपाली ठालु पार्टीहरूमा । यो महारोगबाट एमाले, कांग्रेस, जसपा र राप्रापा कोही पनि अछुतो रहन सकेनन् ।

    अर्काथरी चाहिँ अहिलेको यो राजनीतिक परि घटनालाई हालै भएको कोपा अमेरिकाको फुटबलसँग तुलना गरेर हेर्न मन पराउँछन् । जसमा म्यान अफ दि म्याच : माकुने, म्यान अफ दि टुर्नामेन्ट : प्रचण्ड, उत्कृष्ट युवा खेलाडी : योगेश भट्टराई (बैगुनी केटो), हाइ स्कोरर : देउवा (गोल्डेन बुट विनर), धेरै फल खेल्ने : केपी बा (दुईपटक रेड कार्ड), रेफ्रीलाई झेलीको आरोप लगाउने : केपी बाका छोराहरू ।

    एकथरीमा यतिखेर अदालतको फैसलापछि एउटा कागजी ‘मिनी तानाशाह’ को पतन भएकोमा छुट्टै प्रकारको खुसीयाली छाएको छ । फैसलाले अनेक खालका अभिव्यक्ति, विचार र तरङ्गका सुनामीहरू ल्याइदिएको छ । अहिले ती सामाजिक सञ्जालमा पोखिएका छन् ।

    अर्काथरी चाहिँ अहिलेको यो राजनीतिक परि घटनालाई हालै भएको कोपा अमेरिकाको फुटबलसँग तुलना गरेर हेर्न मन पराउँछन् । जसमा म्यान अफ दि म्याच : माकुने, म्यान अफ दि टुर्नामेन्ट : प्रचण्ड, उत्कृष्ट युवा खेलाडी : योगेश भट्टराई (बैगुनी केटो), हाइ स्कोरर : देउवा (गोल्डेन बुट विनर), धेरै फल खेल्ने : केपी बा (दुईपटक रेड कार्ड), रेफ्रीलाई झेलीको आरोप लगाउने : केपी बाका छोराहरू । फुटबलको सिजन छ अहिले जताततै । कोपा अमेरिका र युरोकप भएझैँ हाम्रो नेपालमा चाहिँ सधैँ फुटबल हुने ।

    ‘भुइँ छाड्नु पर्दैन । हावामा उड्नु पर्दैन । धेरै फुरफुर गर्नु पनि पर्दैन । मात्र भष्मासुर(हरू) को बहिर्गमन र धुन्धुकारी(हरू) को आगमन हुन लागेको हो ।’ – साहित्यकार माधव सयपत्री अदालतले गरेको फैसलालाई सटिक पाराले विश्लेषण गर्दै लेख्छन् ।

    गरिब र विकासोन्मुख देशको राजनीति जहिल्यै वृत्तमा घुमिरहेको हुन्छ । त्यो वृत्तको घुमाइ दस बीस वर्षमा फेरि उही पहिल्यैको ठाउँमा आइपुग्छ । अहिले नेपालको राजनीति फेरि गोलचक्करमा परेर उही ठाउँमा आइपुगेको बताइरहेका छन् जानकारहरू ।

    बितेका ४० महिनाभर देशले एउटा व्यास, एउटा कालिदास, एउटा न्यूनन, एउटा देवकोटा र एउटा अश्विनी कुमारको ‘कम्पायल व्यक्तित्व’ बाट मुक्ति पाएको छ । मनमा लागेजति बोलिहाल्ने र विरोधीलाई खसाइहाल्ने स्वभावका ओलीले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा आएर यति धेरै सार्वजनिक सम्बोधन र पत्रकार सम्मेलनहरू गरेकि यस्तो परिस्थितिको कल्पनासम्म जनताले गरेका थिएनन् ।

    प्रचण्ड र देउवाको राजनीतिक गठजोडका कारण माधव नेपालहरूको असन्तुष्टिलाई सुपर ग्लु बनाएर पुनः देउवा सत्ताको सयरका लागि चौचौ गरिरहेका छन् । तर परिस्थिति उनले भनेझैँ सरल र सहज भने छैन । दक्षिणको खेलाडी अति चतुर छ ऊ यो वा त्यो चाल फेरिरहन्छ ।

    माधव नेपालले गठबन्धनबाट बाहिरिने निर्णय गरेसँगै अर्कातिर देउवाको सत्ता नबन्दै विघटनका दृश्यहरू पनि देखिन थालेका छन् । ओलीको हुकुमी शासनको लगभग यस्तै प्रकारले अन्त्य समयको खास माग थियो जुन अदालतको परमादेशले पूरा गरिदिएको छ भन्ने अर्थ लगाउँदै माधव समूह गठबन्धनबाट बाहिरिनाले देउवाले एक महिनाभित्र लिनु पर्ने विश्वासको मतमा आवश्यक संख्या नपुग्ने छर्लङ्ग देखिन्छ । यसो भयो भने फेरि मुलुक जाने त उही मध्यावधि मै हो ।

    हाल संसदमा बहाल रहेका सांसद संख्याले सरकार टिकाउन देउवालाई १३६ को संख्या चाहिन्छ जबकी माधव समूहको २३ घटाउँदा उनीसँग १२३ मात्र हुन्छ जहाँ १३ जना सदस्य उनले जसपाका महन्थ/राजेन्द्रसँग फेरि सहमति गरी माग्नुपर्छ । हिजो ओली सरकारमा जाने समूह यति चाँडैँ यु टर्न भएर देउवाको पोल्टामा आइहाल्छन् भनेर विश्वास गर्न सकिँदैन । तर दक्षिणको आँखा सन्काइसँगै राजनीतिक पथ बदल्न घघडान जसपाका नेताहरूको कुनै टुङ्गो भने हुँदैन ।

    सत्तारोहण गर्न लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विश्वासको मत पुगे १७ महिना र नपुगे ७ महिने प्रधानमन्त्री बन्नेछन् । उनैको सरकारले चुनाव गराउने अभिभारा बोक्नु पर्ने हुनसक्छ । देशले अदालतमार्फत् ओलीबाट त्राण त पाएको छ तर माधव गुट एमालेमा समाहित भएर पार्टी एक भयो भने फेरि राजनीतिको अर्को गोलचक्करमा देश नजाला भन्न सकिन्नँ ।

    बितेका ४० महिनाभर देशले एउटा व्यास, एउटा कालिदास, एउटा न्यूनन, एउटा देवकोटा र एउटा अश्विनी कुमारको ‘कम्पायल व्यक्तित्व’ बाट मुक्ति पाएको छ । मनमा लागेजति बोलिहाल्ने र विरोधीलाई खसाइहाल्ने स्वभावका ओलीले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा आएर यति धेरै सार्वजनिक सम्बोधन र पत्रकार सम्मेलनहरू गरेकि यस्तो परिस्थितिको कल्पनासम्म जनताले गरेका थिएनन् ।

    कोरोनाका कारण मुलुकभित्र र बाहिर गरी १५ लाख नेपालीको रोजगारी खोसिएको छ । कोरोनाको तेस्रो लहर आउने आशंका गरिँदैछ । राजश्वले चालु खर्चसमेत धान्न नसकेको अवस्था छ । यस्तो बेलामा जो सत्ताको मसिहा भएर आए पनि राजनीतिको दलदलमा फँस्ने नै हुन् । विदेशीहरूका आआफ्ना विविध इन्टे«सहरू छन् । यस्तो बेलामा ओलीका ठाउँमा देउवा आउँदैमा देशमा सुलेमानको जादुको छँडीले झैँ तुरुन्त परिवर्तन हुनेवाला छैन ।

    आफ्नो पकड भएको क्षेत्र होस्/नहोस् जनतालाई धाराप्रवाह अर्ती दिनका लागि ओली माहिर देखिए तर कोरोनाको सही र व्यवस्थित उपचार व्यवस्थापन गर्न नसकेर ओली ठाउँ ठाउँमा चुके । कहिले निम्न माध्यमिक तहकी महिला शिक्षकलाई राजदूत बनाएर विवादमा आए भने कहिले लोग्ने स्वास्नीलाई पालैपालो मन्त्री बनाएर जग हँसाउने कार्य गरे । उनको शासनलाई नेपालीहरूले लामो समयसम्म बिर्सिने छैनन् । जताततै सेटिङ् नै सेटिङ् मिलाएर राज्य संयन्त्रलाई ध्वस्त पारेका केपी ओलीले पछिल्लो समय जसपाका महन्थ/राजेन्द्र गुटलाई सत्तामा लगेको र अदालतले घोक्रेठ्याक लगाइदिएको परिघटनालाई जनताले अदालतको मानमर्यादा बढेको कार्यका रुपमा लिएका छन् ।

    अहिले हामीसँग संघीयता र गणतन्त्र यही अवस्थामा गजधुम्म परेर बसेका छन् । संघीयता गरिबलाई हात्ती पाल्न दिइएको जस्तो छ । उपरीमाथि थुपरी खर्चको ब्यालेन्स हुने ठाउँ कतै नभएर गएको बजेटमा चुरेको गिटी बालुवा भारतलाई बेच्ने नीतिगत निर्णय नै भएको बजेट फुक्ने काम भयो तर अदालतले सोकार्यलाई रोकिदियो । गणतन्त्रका ‘फ्रन्ट लाइनका सञ्चालकहरू’ सँग तिनीहरूको शासनको ढर्रा र श्री ६ हुने शैलीका कारण कतिपय सबालमा जनतामा क्रमशः नाखुसीपनको वृद्धि भैरहेको छ जसले असल भविष्यको असल चित्रको द्योतन गर्दैन ।

    खोप कुटनीतिमा लगभग सरकार असफलै भएको हो । म्याद बितिसक्दा बल्ल चीनबाट ४० लाख डोज र कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाबाट २० लाख खोप आए । त्यो भनेको करिब ४० लाखलाई पुग्ने डोज हो । चीनको भेरोसिल खोप २ डोज लगाउनु पर्ने हुन्छ । अहिले स्कुल कलेजका कुनै पनि तहका विद्यार्थीलाई खोप दिइएको छैन । करिब ५० लाख विभिन्न तह र क्षेत्रका विद्यार्थीहरू शिशुदेखि एम्फिल्सम्म रहेका छन् । अझै ठूलो मात्रामा खोपको आवश्यकता हामीलाई छ तर सरकार सो बारेमा सुस्त देखियो ।

    सत्तारोहण गर्न लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विश्वासको मत पुगे १७ महिना र नपुगे ७ महिने प्रधानमन्त्री बन्नेछन् । उनैको सरकारले चुनाव गराउने अभिभारा बोक्नु पर्ने हुनसक्छ । देशले अदालतमार्फत् ओलीबाट त्राण त पाएको छ तर माधव गुट एमालेमा समाहित भएर पार्टी एक भयो भने फेरि राजनीतिको अर्को गोलचक्करमा देश नजाला भन्न सकिन्नँ ।

    कवि श्रवण मुकारुङ्ले आफ्नो फेसबुकमा पोष्ट गरेको ‘छरितो कविता’ शीर्षकको सरल कविताको केही अंशलाई यहाँ उद्धृत गर्न चाहेँ –
    ‘हामीले एकोहोरो सुन्नपर्छ उपदेश गणतन्त्रको
    गणतन्त्र आफैँमा यति ठूलो शब्द हो
    हामी निस्लोट भइदिन्छौं
    किनभने —
    हामीसित यसको ठीक विकल्प छैन ।’

    अहिले हामीसँग संघीयता र गणतन्त्र यही अवस्थामा गजधुम्म परेर बसेका छन् । संघीयता गरिबलाई हात्ती पाल्न दिइएको जस्तो छ । उपरीमाथि थुपरी खर्चको ब्यालेन्स हुने ठाउँ कतै नभएर गएको बजेटमा चुरेको गिटी बालुवा भारतलाई बेच्ने नीतिगत निर्णय नै भएको बजेट फुक्ने काम भयो तर अदालतले सोकार्यलाई रोकिदियो । गणतन्त्रका ‘फ्रन्ट लाइनका सञ्चालकहरू’ सँग तिनीहरूको शासनको ढर्रा र श्री ६ हुने शैलीका कारण कतिपय सबालमा जनतामा क्रमशः नाखुसीपनको वृद्धि भैरहेको छ जसले असल भविष्यको असल चित्रको द्योतन गर्दैन । बाँकी कुरा समसामयिक घटनाहरूले कहेकै छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij